प्रधानमन्त्री शाहसँग मोदीको टेलिफोन कुराकानी, सबै प्रकारको सहयोग गर्न भारत तयार

१० भाद्र, २०८३, बुधवार
सारांश
  • उनले नेपाललाई आवश्यक सबै प्रकारको मानवीय सहयोग उपलब्ध गराउन भारत तयार रहेको बताउदै उद्धार तथा राहत कार्यका लागि दुवै देशका सम्बन्धित टोलीबीच निकट समन्वय भइरहेको मोदीले उल्लेख गरेका छन् ।

काठमाडौँ: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री वालेन्द्र शाहसँग कुराकानी गरेका छन् ।

 

प्रधानमन्त्री मोदीले नेपालमा बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दुःखको यस घडीमा भारतीय जनता नेपाली दाजुभाइ तथा दिदीबहिनीको साथमा रहेको बताएका छन् ।

 

उनले नेपाललाई आवश्यक सबै प्रकारको मानवीय सहयोग उपलब्ध गराउन भारत तयार रहेको बताउदै उद्धार तथा राहत कार्यका लागि दुवै देशका सम्बन्धित टोलीबीच निकट समन्वय भइरहेको मोदीले उल्लेख गरेका छन् ।

 

मोदीले नेपालमा बाढीबाट प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउन भारतले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अर्बपतिहरूको सन्तान मोह

सन्तान जन्माउनु र हुर्काउनु सामान्यतया पारिवारिक जीवनको महत्त्वपूर्ण हिस्सा मानिन्छ । तर विश्वका केही अर्बपतिहरूको जीवनशैलीले यो विषयलाई नयाँ बहसमा ल्याएको छ ।

थप समाचार