- स्थानीय अधिकारीहरूका अनुसार सेन्ट पिटर्सबर्ग र तेभर क्षेत्रमा रहेका वाइल्डबेरीजका केन्द्रहरूमा पनि राति आक्रमण भएको थियो। कम्पनीले घटनाबारे विस्तृत प्रतिक्रिया नदिए पनि सेन्ट पिटर्सबर्गस्थित आफ्नो केन्द्रमा क्षति पुगेको पुष्टि गरेको छ।
काठमाडौँ: रुसको राजधानी मस्को नजिकै युक्रेनी ड्रोन आक्रमण हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
मस्को क्षेत्रका गभर्नर आन्द्रेई भोरोब्योभका अनुसार सोमबार राति चेखोभको नोभोसेल्की क्षेत्रमा रहेको एक औद्योगिक क्षेत्रमा ड्रोन आक्रमण भएको थियो। आक्रमणबाट एउटा गोदाममा आगलागी भएको र विद्युत् केन्द्र तथा प्रशासनिक भवनमा समेत क्षति पुगेको उनले बताएका छन् ।
घाइतेमध्ये सात जनाको अवस्था मध्यम रहेको र एक जनाको अवस्था गम्भीर रहेको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।
युक्रेनी सञ्चारमाध्यमहरूले आक्रमण भएको गोदाम रुसी अनलाइन व्यापार कम्पनी वाइल्डबेरीजसँग सम्बन्धित रहेको जनाएका छन्।
युक्रेनले पछिल्ला दिनहरूमा उक्त कम्पनीका केन्द्रहरूलाई लक्षित गर्दै आएको छ। युक्रेनको दाबीअनुसार ती गोदामहरू रुसी सेनालाई आवश्यक सामग्री पुर्याउन प्रयोग भइरहेका छन्। तर रुसले भने यस्तो आरोप अस्वीकार गर्दै आएको छ।
स्थानीय अधिकारीहरूका अनुसार सेन्ट पिटर्सबर्ग र तेभर क्षेत्रमा रहेका वाइल्डबेरीजका केन्द्रहरूमा पनि राति आक्रमण भएको थियो। कम्पनीले घटनाबारे विस्तृत प्रतिक्रिया नदिए पनि सेन्ट पिटर्सबर्गस्थित आफ्नो केन्द्रमा क्षति पुगेको पुष्टि गरेको छ।
यसैबीच रुसले पनि युक्रेनका विभिन्न क्षेत्रमा हवाई आक्रमण गरेको छ। युक्रेनको आपत्कालीन सेवा निकायका अनुसार दक्षिणी सहर माइकोलाइभमा भएको आक्रमणमा ८९ वर्षीया महिलाको मृत्यु भएको छ भने दुई र १२ वर्षका बालिकासहित सात जना घाइते भएका छन्।
सुमी क्षेत्रमा आवासीय क्षेत्रमा भएको आक्रमणमा एक महिला र दुई बालिकाको मृत्यु भएको तथा थप चार जना घाइते भएको जनाइएको छ। त्यस्तै, बिल्होरोड–द्निस्त्रोभ्स्की क्षेत्रमा दुई जना घाइते भएका छन् भने द्निप्रो क्षेत्रमा रहेको खाद्यान्न गोदाममा आगलागी भएको छ।
रुसको रक्षा मन्त्रालयले सोमबार राति युक्रेनबाट प्रहार गरिएका ३२० वटा ड्रोन पत्ता लगाएर नष्ट गरेको दाबी गरेको छ।
यो घटना रुसको दक्षिणी क्षेत्रमा रहेको व्यस्त समुद्री तटमा ड्रोन खस्दा सात जनाको मृत्यु र ५८ जना घाइते भएको घटनाको एक दिनपछि भएको हो। क्रास्नोदार क्षेत्रमा भएको उक्त घटनामा पर्यटकहरू उपस्थित रहेका बेला ड्रोन विस्फोट भएको थियो।
रुसी अधिकारीहरूले उक्त घटनालाई सर्वसाधारणमाथिको योजनाबद्ध आक्रमण भएको आरोप लगाएका छन्। युक्रेनले भने यसबारे आधिकारिक प्रतिक्रिया दिएको छैन।
रुस र युक्रेनबीच जारी युद्धका क्रममा दुवै पक्षले एकअर्काका सैन्य तथा रणनीतिक संरचनालाई लक्षित गरेको दाबी गर्दै आएका छन्। दुवै देशले भने सर्वसाधारणलाई जानाजानी निशाना नबनाएको बताउँदै आएका छन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।