पोखराका सडक र घर नम्बर अब डिजिटल प्रणालीमार्फत व्यवस्थापन गरिने
१९ श्रावण, २०८३, मगलवार
- उनका अनुसार डिजिटल नम्बरिङ प्रणाली लागू भएपछि नागरिक, सेवा प्रदायक तथा आपत्कालीन सेवामा खटिने निकायलाई आवश्यक स्थान पहिचान गर्न सहज हुनेछ ।
काठमाडौँ: पोखरा महानगरपालिका क्षेत्रभित्र रहेका सडक, गल्ली तथा घर नम्बरलाई डिजिटल प्रणालीमार्फत व्यवस्थित गर्ने विषयमा छलफल भएको छ । महानगर क्षेत्रमा जिआइएस आधारित सडक तथा भवन ठेगाना प्रणाली लागू गर्ने सम्बन्धमा सरोकारवालाबीच छलफल गरिएको हो ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सडक, गल्ली तथा घरहरूको पहिचानलाई सहज र व्यवस्थित बनाउन डिजिटल ठेगाना प्रणाली आवश्यक रहेको बताए । उनले महानगर क्षेत्रभित्रका भौतिक संरचना र स्थानहरूको पहिचानलाई एकीकृत प्रणालीमा जोड्न सके सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन सकिने धारणा राखे ।
उनका अनुसार डिजिटल नम्बरिङ प्रणाली लागू भएपछि नागरिक, सेवा प्रदायक तथा आपत्कालीन सेवामा खटिने निकायलाई आवश्यक स्थान पहिचान गर्न सहज हुनेछ ।
महानगरपालिकाले डिजिटल प्रविधिको प्रयोग गरी पोखराको भौगोलिक अवस्था तथा भौतिक संरचनासम्बन्धी विवरणलाई व्यवस्थित गर्ने तयारी गरेको छ। सडक तथा घर नम्बरिङ प्रणाली कार्यान्वयन भएपछि घरको पहिचान, ठेगाना व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, विपद् व्यवस्थापन तथा महानगरका विभिन्न तथ्याङ्कलाई एकीकृत गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
छलफलका क्रममा डिजिटल ठेगाना प्रणालीलाई महानगरपालिकाको विद्यमान सूचना प्रणालीसँग जोड्ने तथा पोखराका सबै क्षेत्रलाई समेट्ने गरी काम अघि बढाउने विषयमा समेत छलफल भएको जनाइएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
गृहमन्त्री गुरुङ र मृतक मेहताका परिवारबीच शिक्षण अस्पतालमा वार्ता सुरु
-
मानव सेवा आश्रमलाई बालबालिकाको तस्वीर तथा भिडियो प्रकाशन नगर्न परिषद्को निर्देशन
-
मुग्लिन-काठमाडौँ सडक खण्ड अवरुद्ध
-
पोखराका सडक र घर नम्बर अब डिजिटल प्रणालीमार्फत व्यवस्थापन गरिने
-
हर्क साम्पाङको प्रश्न- सेनाका नाममा समुह गठन गर्ने छुट कसले दियो ?
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।