- त्यसैगरी अमेरिकाबाट ७ हजार ७५४ , बंगलादेशबाट ४ हजार १७९ जना, बेलायतबाट ३ हजार ७७३ जना, अस्ट्रेलियाबाट २ सय ४२८ जना र दक्षिण कोरियाबाट १३९४ पर्यटक जुलाई महिनामा नेपाल आएका छन् ।
काठमाडौँ: नेपालमा जुलाई महिनामा विदेशी पर्यटकको अगामन ७१ हजार रहेको छ । गत बर्षको जुलाईमा नेपाल आउने विदेशी पर्यटकको संख्या ७० हजार १९३ रहेकोमा यस बर्षको जुलाई महिनामा ७१ हजार ७७५ विदेशी पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ ।
यस बर्षको जुलाई कुल ७१ हजार ७७५ विदेशी पर्यटक आएका छन् । कोभिड शुरु हुनु अघि २०१९ को जुनमा यो संख्या ७४ हजार ८८३ रहेको थियो ।
जुलाई महिनामा नेपाल आउने विदेशी पर्यटकमा सबै भन्दा बढी भारतबाट नेपाल आएका छन् । भारतबाट जुनमा २३ हजार ४९० जना अर्थात ३२.७३ प्रतिशत पर्यटक नेपाल आएका छन् । त्यस्तै जुलाईमा चीनबाट दोस्रो धेरै ११ हजार ९९ पर्यटक नेपाल आएको बोर्डले जानकारी दिएको छ ।
त्यसैगरी अमेरिकाबाट ७ हजार ७५४ , बंगलादेशबाट ४ हजार १७९ जना, बेलायतबाट ३ हजार ७७३ जना, अस्ट्रेलियाबाट २ सय ४२८ जना र दक्षिण कोरियाबाट १३९४ पर्यटक जुलाई महिनामा नेपाल आएका छन् ।
पर्यटन बोर्डका अनुसार सार्क देशबाट कुल २९ हजार ७५५, एशियाका अन्य देशबाट १७ हजार ४२४ जना, युरोपबाट ९ हजार २७९ जना, अमेरिका क्षेत्रबाट ८ हजार ८२५ जना, ओसिनियाबाट २ हजार ६०७ जना जुलाई महिनामा नेपाल आएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
युरोपसँग सहकार्य बढाउँदै क्यानडा
-
संविधान पुनर्लेखनका लागि उपेन्द्र यादवका तीन सुझाव
-
जापानमा मन्त्रिपरिषद् पुनर्गठन, ताकाइचीले हटाइन १८ मध्ये १० मन्त्री
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
सुरक्षण मुद्रणमा आत्मनिर्भर बन्दै अन्तर्राष्ट्रिय बजारमा जाने लक्ष्य छ- सञ्चारमन्त्री तिमिल्सिना
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।