बायोग्याँस प्लान्ट सञ्चालनमा ल्याउन काठमाडौँ महानगर र वैकल्पिक उर्जा केन्द्रबीच सम्झौता
१८ श्रावण, २०८३, सोमवार
- परियोजना पुनरुत्थानका लागि केन्द्रले प्लान्टको विस्तृत सम्भाव्यता अध्ययन गर्नेछ । उपकरण खरिद, जडान र परीक्षणको काम सम्पन्न गरेर महानगरपालिकालाई हस्तान्तरण गर्नेछ ।
काठमाडौँ: काठमाडौँको टेकुमा रहेको बायोग्याँस प्लान्ट सञ्चालनमा ल्याउन काठमाडौँ महानगरपालिका र वैकल्पिक उर्जा प्रवर्धन केन्द्रकबीच सम्झौता भएको छ ।
कार्यवाहक प्रमुख सुनिता डंगोलको वैठक कक्षमा उनकै रोहवरमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सहरमा उत्पादन भएको जैविक फोहर व्यवस्थापनलाई आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यसहित सम्झौता गरिएको हो ।
यो प्लान्ट महानगरपालिकाको एकीकृत दिगो फोहर व्यवस्थापन परियोजना अन्तर्गत २०७२ मा निर्माण सुरु गरेर २०७५ सालबाट सञ्चालन थालिएको थियो । यो प्लान्ट सञ्चालन गर्दा दैनिक ३ मेट्रिक टन जैविक फोहरबाट १४ किलोवाट विजुली, ३ सय किलोग्राम जैविक मल, १३ हजार ५ सय लिटर पानी उत्पादन गर्ने लक्ष्य राखिएको थियो । यसका लागि महानगरपालिका र युरोपियन युनियनले १ करोड ८२ लाख रुपियाँ लगानी गरेका थिए ।
प्राविधिक कारणले बिचमा सञ्चालन हुन नसकेको परियोजनालाई पुनः दिगो सञ्चालनमा ल्याउन गरिएको सम्झौता अनुसार महानगरपालिकाले प्लान्टको दीर्घकालीन सञ्चालन तथा मर्मत सम्भारका लागि आवश्यक बजेट व्यवस्थापन गर्नेछ । यस्तै, प्लान्ट सञ्चालनका लागि योग्य जनशक्ति वा सञ्चालक छनोट गरी व्यावसायिक मोडलमा लैजाने, पुनःस्थापना पश्चात् संरचनाको पूर्ण स्वामित्व ग्रहण गर्ने गरी वातावरणमैत्री सञ्चालन सुनिश्चित गर्ने, फोहरलाई स्रोतका रूपमा प्रयोग गरी बायो ग्याँस र जैविक मल उत्पादनमार्फत ‘चक्रीय अर्थतन्त्र’ (सर्कुलर इकोनोमी) मा योगदान पुर्याउने जिम्मेवारी महानगरपालिकाको हुनेछ ।
परियोजना पुनरुत्थानका लागि केन्द्रले प्लान्टको विस्तृत सम्भाव्यता अध्ययन गर्नेछ । उपकरण खरिद, जडान र परीक्षणको काम सम्पन्न गरेर महानगरपालिकालाई हस्तान्तरण गर्नेछ ।
प्लान्ट सञ्चालनका लागि दायित्व यकिन गर्न महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग र केन्द्र बिच पटक पटक छलफल भएको थियो । साउन १४ गते कार्यवाहक प्रमुख डंगोल र उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ बिच अन्तर सरकार समन्वय र सहकार्यका विषयमा भएको कुराकानीमा वेस्ट टु इनर्जी परियोजना सञ्चालनमा सहकार्य गर्ने विषयमा कुराकानी भएको थियो ।
काठमाडौँ महानगरपालिकाले यस परियोजनालाई केवल फोहर व्यवस्थापनमा मात्र सीमित नराखी सार्वजनिक-निजी साझेदारी कार्यक्रम अन्तर्गत व्यावसायिक रूपमा सफल बनाउने योजना अघि सारेको छ । यसबाट कुहिने फोहरको दिगो व्यवस्थापनका लागि प्रविधिको प्रयोग बढ्नेछ । बञ्चरे डाँडामा पुग्ने फोहरको मात्रा घट्नेछ । यससँगै फोहरबाट आम्दानी बढ्नेछ । यसबाट उत्पादित ऊर्जा र मलले सहरको सरसफाइ र वातावरणीय सन्तुलनमा ठुलो टेवा पुग्ने महानगरको विश्वास छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
गृहमन्त्री गुरुङ र मृतक मेहताका परिवारबीच शिक्षण अस्पतालमा वार्ता सुरु
-
मानव सेवा आश्रमलाई बालबालिकाको तस्वीर तथा भिडियो प्रकाशन नगर्न परिषद्को निर्देशन
-
मुग्लिन-काठमाडौँ सडक खण्ड अवरुद्ध
-
पोखराका सडक र घर नम्बर अब डिजिटल प्रणालीमार्फत व्यवस्थापन गरिने
-
हर्क साम्पाङको प्रश्न- सेनाका नाममा समुह गठन गर्ने छुट कसले दियो ?
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।