नेप्सेमा सामान्य गिरावट, ४ अर्ब ५७ करोडको कारोबार
१८ श्रावण, २०८३, सोमवार
- आज, सबैभन्दा बढी एभरेष्ट कलरको शेयर १४.९९ प्रतिशतले बढेको छ भने सप्तकोशी विकास बैंकको शेयर ११.७७ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पिनिंग मिल्सको ७.४० प्रतिशतले घटेको छ ।
काठमाडौँ: नेप्सेमा आज सामान्य गिरावट आएको छ । आज सोमबार नेप्से १.२० अंकले घटेर २६८४.३३ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३४९ कम्पनिका एक करोड १४ लाख ४९ हजार ९८७ कित्ता शेयर ४ अर्ब ५७ करोड २० लाख ८४ हजार २३१ मा कारोबार भएको थियो । आज बैंकिंग, विकास बैंक, होटल्स, हाइड्रो, वीमा, माइक्रो फाइनान्स, म्युचुअल फण्ड, निर्जीव वीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज, सबैभन्दा बढी एभरेष्ट कलरको शेयर १४.९९ प्रतिशतले बढेको छ भने सप्तकोशी विकास बैंकको शेयर ११.७७ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पिनिंग मिल्सको ७.४० प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पिनिंग मिल्सको २७ करोड ६२ लाख बराबरको कारोबार भएको छ भने रिडी पावरको २० करोड ८२ लाख बराबरको कारोबार भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।