पूर्वी नाकाबाट चिया निर्यात खस्कियो, किसान र उद्योगी चिन्तित

१८ श्रावण, २०८३, सोमवार
सारांश
  • अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा भने १५ हजार ३११ मेट्रिक टन चिया निर्यातबाट ४ अर्ब १६ करोड ९३ लाख ५८ हजार रुपैयाँ आम्दानी भएको थियो।

काठमाडौं: पूर्वी नाका काँकडभिट्टा हुँदै भारततर्फ हुने नेपाली चियाको निर्यात गत आर्थिक वर्षमा घटेको छ। काँकडभिट्टा भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा चिया निर्यातको परिमाणसँगै आम्दानी पनि अघिल्लो वर्षको तुलनामा घटेको हो।

 

भन्सार कार्यालयको तथ्याङ्कअनुसार आव २०८२/८३ मा १३ हजार ४५ मेट्रिक टन चिया निर्यात भई ३ अर्ब ५२ करोड ९६ लाख ६९ हजार रुपैयाँ आम्दानी भएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा भने १५ हजार ३११ मेट्रिक टन चिया निर्यातबाट ४ अर्ब १६ करोड ९३ लाख ५८ हजार रुपैयाँ आम्दानी भएको थियो।

 

यसअनुसार चिया निर्यातबाट हुने आम्दानीमा ६३ करोड ९६ लाख ८९ हजार रुपैयाँले गिरावट आएको छ।

प्रमुख भन्सार प्रशासक शिवलाल न्यौपानेका अनुसार काँकडभिट्टा नाकाबाट निर्यात हुने वस्तुमध्ये अलैँचीपछि चिया दोस्रो स्थानमा पर्छ। उनले भारतीय बजारमा हुने मूल्य उतारचढाव, गुणस्तर परीक्षणका क्रममा देखिने गैरभन्सार अवरोध तथा अन्तर्राष्ट्रिय बजारको मागअनुसार उत्पादन र मूल्य निर्धारणमा हुने परिवर्तनका कारण चिया निर्यात प्रभावित भएको बताए।

 

नेपालमा उत्पादन हुने सिटिसी र अर्थोडक्स चियाको ठूलो हिस्सा काँकडभिट्टा नाका हुँदै भारतीय बजारमा पुग्ने गरेको छ। निर्यातमा आएको गिरावटले चिया उत्पादक किसान, उद्योगी तथा समग्र वैदेशिक व्यापारमा समेत प्रभाव पार्ने देखिएको छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?

ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।

थप समाचार