बारामा कार्यकर्ताबाट लखेटिए रास्वपा सांसद

९ जेठ, २०८३, शनिवार
सारांश
  • जिल्लामा संस्थापकहरूमाथि धोका भएको भन्दै पार्टी स्थापनादेखि रगत पसिना बगाएका संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकार पक्षका जिल्ला पदाधिकारी र स्थानीय तहका सभापतिहरूलाई संगठनबाटै पाखा लगाएर आफ्ना मान्छे ल्याउन खोजेको भन्दै जिल्लामा विरोध भएको छ ।

बारा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बारा जिल्लाको बैठकमा विवाद भएको छ ।

 

शनिबार बसेको विस्तारित बैठकमा हङ्गामा भएपछि जिल्लाका सांसदहरु बैठकबाट भाग्नुपर्ने अवस्था सिर्जना भएको थियो । बैठक शुरु हुनासाथ कार्यकर्ताहरुले होहल्ला र विरोध गरेका थिए । विस्तारित बैठकमा विवाद चर्किँदा चार सांसद बैठकस्थलबाटै लखेटिएका छन् । रास्वपाले हालै जिल्ला समिति बिघटन गरेपछि जिल्लामा विवाद बढेको छ । बैठकमा भएको हङ्गामापछि जिल्लाका सांसदहरु गणेश धिमाल, चन्दन कुमार सिंह, अरविन्द शाह र रहवर अन्सारीलाई सुरक्षाकर्मीहरुले सुरक्षित निकालेका थिए । 

 

जिल्लामा संस्थापकहरूमाथि धोका भएको भन्दै पार्टी स्थापनादेखि रगत पसिना बगाएका संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकार पक्षका जिल्ला पदाधिकारी र स्थानीय तहका सभापतिहरूलाई संगठनबाटै पाखा लगाएर आफ्ना मान्छे ल्याउन खोजेको भन्दै जिल्लामा विरोध भएको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट

१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।

थप समाचार