६ वटै दलको घोषणापत्र समेटेर सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धतापत्र’
२०८३ वैशाख ०१ मङ्गलवार
- प्रतिवद्धतापत्रमा ऊर्जातर्फ आगामी दशकमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने, किसानलाई क्रेडिट कार्ड र पेन्सनको व्यवस्था गर्ने र पर्यटनमा ‘सफा हिमाल’ अभियान चलाउने उल्लेख छ।
बालेन्द्र शाहको नेतृत्वमा गठित वर्तमान सरकारले ६ वटा राष्ट्रिय दलका घोषणापत्रहरूलाई एकीकृत गर्दै ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक गरेको छ।
भदौको ‘जेन–जी’ आन्दोलन र फागुन २१ को सत्ता परिवर्तनपछि तयार पारिएको यो साझा दस्तावेजले आगामी आर्थिक वर्ष २०८३/८४ देखिको सरकारी नीति र बजेटलाई निर्देशित गर्नेछ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यसको प्रत्यक्ष अनुगमन गर्ने गरी ल्याइएको यस प्रतिवद्धतामा आगामी पाँच वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार डलर पुर्याउने र १५ लाख नयाँ रोजगारी सिर्जना गर्ने महत्त्वाकांक्षी लक्ष्य राखिएको छ।
प्रतिवद्धतापत्रमा ऊर्जातर्फ आगामी दशकमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने, किसानलाई क्रेडिट कार्ड र पेन्सनको व्यवस्था गर्ने र पर्यटनमा ‘सफा हिमाल’ अभियान चलाउने उल्लेख छ।
सुशासनका लागि सरकारी सेवामा रहेका दलीय ट्रेड युनियन खारेज गर्ने, सार्वजनिक पदधारीको सम्पत्ति छानबिन गर्ने र मेरिटोक्रेसीका आधारमा नियुक्ति गर्ने जस्ता साहसिक कदमहरू घोषणा गरिएको छ। साथै, शिक्षा, स्वास्थ्य, सूचना प्रविधि र सहकारी समस्या समाधानलाई १८ वटा प्राथमिकताका क्षेत्रमा समेटिएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
चीनले देखायो छैटौँ पुस्ताको सञ्चार शक्ति: लेजर प्रकाशमार्फत १.२ किलोमिटर टाढासम्म डाटा ट्रान्सफर
-
गुगल, मेटा र टिकटकमाथि प्रयोगकर्तालाई ठगिबाट बचाउन नसकेको आरोप
-
कम्युनिष्ट, वामपन्थी र मुस्लिम तुष्टिकरणको राजनीतिबाट मुक्त पश्चिम बङ्गाल
-
के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?
-
नेपालमा अमेरिकी सैन्य अखडा र दलाई लामाको पुनर्जन्मको खेल: भारतीय विद्वान राजिव मल्होत्राको सनसनीपूर्ण दाबी
विशेष
ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट
१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।