ईश्वर पोखरेलको ओलीलाई चेतावनी, आत्मसमीक्षा र पुनर्गठनको बाटो रोक्न नखोज्नु
२०८३ जेठ ०९ शनिवार
- नेकपा एमालेको सचिवालय बैठक बसिरहेका बेला अध्यक्ष केपी शर्मा ओलीलाई पद छोड्न दबाब बढिरहेको छ ।
काठमाण्डौ, ०९ जेठ । नेकपा एमालेको सचिवालय बैठक बसिरहेका बेला अध्यक्ष केपी शर्मा ओलीलाई पद छोड्न दबाब बढिरहेको छ ।
यसै सन्दर्भमा एमाले नेता इश्वर पोखरेलले एमाले आत्मसमीक्षा र पुनर्गठनको बाटोबाट मात्र अगाडी बढ्न सक्ने भन्दै ओलीलाई पद छोड्न दबाब दिएका छन् ।
उनले कुनै पनि बहानामा यसलाई रोक्न खोज्नु अधोगति निम्त्याउनु भएको टिप्पणी गरेका छन् । उनले भनेका छन्- ' यतिवेला नेकपा (एमाले) आत्मसमीक्षा र पुनर्गठन को बाटो बाट मात्र अगाडि बढ्न सक्छ ! जुनसुकै बहानामा यसलाई रोक्न खोज्नु अधोगति निम्त्याउनु हो ।'
यसअघि शुक्रबार बसेको सचिवालय बैठकमा पनि पाँच मध्ये चार उपाध्याक्षले ओलीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए । बैठकमा उपाध्यक्ष राम बहादुर थापा बादलले मात्र ओलीको बचाउ गरेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।