पाकिस्तान र अफगानिस्तान युद्धको भू-राजनीतिक अवलोकन

५ चैत्र, २०८२, बिहिवार
सारांश
  • तालिवानी लडाकाहरूको पालन पोषण अमेरिकी खोपिया एजेन्सी र पाकिस्तानी खोपिया एजेन्सीको संयुक्त संलग्नतामा भएको थियो ।

१६ मार्चका दिन पाकिस्तानले काबुलको स्थित एक चिकित्सालय माथि हवाई हमला गर्नाले लागु पर्दाथबाट मुक्ति पाउने हेतु भर्ती भएका ४०० विरामीहरूको मृत्यु भएको छ भने घाइतेहरूको संख्या आकलन गर्न कठिन भइरहेको अवस्था छ । 

 

ट्रकी, कतार लगायत विभिन्न मुस्लिम राष्ट्रहरूले सहजर्कताको भूमिका खेले तापनि पाकिस्तान र अफगानिस्तान विच तनाव शिथिलिकरण भइरहेको अवस्था छैन । पाकिस्तानी सरकारले अफगानिस्तानको भूमीबाट पाकिस्तानी भूमिमा आतंकवादी हमला भइरहेको दावी गर्दै आएका छन् । अर्थात् पाकिस्तान भित्र तहरिके तालिवान नामक संगठन (टि.टि.पि.) ले आतंकवादी गतिविधि गरिरहेको पाकिस्तानी सरकारको ठहर रहेको छ ।

 

टि.टि.पि.को वासस्थान अफगानिस्तानमा रहेको दावी पाकिस्तानी सरकारको रहेको छ । अर्को शब्दमा भन्ने हो भने टि.टि.पि.ले पूर्ण रूपमा पाकिस्तानमा सरियत कानुनलाई लागु गर्न आन्दोलन चलाउदै आएको छ । हुनतः पाकिस्तान इस्लामिक राष्ट्र हो । तर टि.टि.पि. अनुसार पाकिस्तानमा हाईव्रिड कानुन रहेको छ । सरियत कानुन अनुसार प्रत्येक पाकिस्तानी लोग्ने मान्छेले चार जना श्रीमती राख्न पाउने अधिकार प्राप्त गरेको हुन्छ । तर चोरी गर्ने व्यक्रिलाई हात काटीदैन । छ महिना जेलमा बसे हुन्छ । अर्थात् टि.टि.पि. अनुसार पाकिस्तान पूर्ण रूपमा सरियत अनुसार चल्नु पर्दछ । टि.टि.पि. हिंसात्मक द्वन्दमा विश्वास गर्दछ । सन् २०२५ मा नै टि.टि.पि.ले पाकिस्तानमा ३००० आक्रमण गरेको पाइन्छ । सन् २००७ देखि नै पाकिस्तानमा टि.टि.पि.को गतिविधि बढिरहेको पाइन्छ । सन् २००७ देखि सन् २००९ बहतुला महसुदले नेतृत्व गरेका थिए भने सन् २००९ देखि सन् २०१३ सम्म हमिमला महसुदले टि.टि.पि.को नेतृत्व गरेका थिए । सन् २०१३ देखि सन् २०१८ सम्म मुला फजदरुलाले टि.टि.पि.को नेतृत्व गर्दै आएको थियो । सन् २०१८ पश्चात मुरु मलि महसुदले टि.टि.पि.को नेतृत्व सम्हालेका छन् । टि.टि.पि. को सामिप्यता पस्तुन मुलसंग रहेको छ ।

 

अधिंकाश टि.टि.पि.का लाडाकाहरूले अफगानिस्तानी, खैवर पस्तुन र बलुचिस्तान प्रदेशसँग सद्भाव र सम्बन्ध राख्दछ । अर्को तर्फ पाकिस्तान र अफगानिस्तान बीच युद्धको मुख्य कारण मध्ये डुरान लाइन समेत रहेको छ । सन् १८९३ मा विट्रिश सम्राज्यद्वारा स्थापित गरिएको डुरान लाइन (वोर्डर निर्धारण) अफगानिस्तानलाई मान्य रहेको छैन । अर्थात् डुरन नदी भित्र वास गरेका सम्पूर्ण पस्तुनहरू अफगानिस्तानी भएको कुरा अफगानिस्तानको बुझाई रहेको छ । पाकिस्तानको डुरान नदीको भू-भागलाई अफगानिस्तानले मान्यता दिएको छैन ।

 

अफगानिस्तानका तालिवानी शासकले पाकिस्तानको नियत र नीतिलाई अवसरवादी भन्दै आएका छन् । सन् १९७९ देखि १९८९ सम्म पाकिस्तानले तालिवानी लाडाकाहरूलाई सोभियत संघको विरुद्धमा प्रचुर मात्रामा प्रयोग गरे । तालिवानी लडाकाहरूको पालन पोषण अमेरिकी खोपिया एजेन्सी र पाकिस्तानी खोपिया एजेन्सीको संयुक्त संलग्नतामा भएको थियो । इतिहासको एक कालखण्डमा पाकिस्तानी खोपिया एजेन्सीले तालिवानीहरूलाई अमेरिकी विरुद्ध समेत प्रयोग गरेको कुरा तथ्यले पुष्टि गर्दछ । इतिहासले कोल्टो फेरेको छ । वर्तमान परिवेशमा तालिवानी र पाकिस्तानी एक अर्का विरुद्ध युद्ध गरिरहेको अवस्था छ ।

 

अफगानीस्तानीहरू जन्मजात लडाका हुन् । संसारमा हरेक शक्तिसँग लडेका अफगानीहरू विट्रिश, सोभियत संघ र अमेरिकीहरूलाई परास्त गरेको इतिहास रहेको छ । पाकिस्तानी सैनिक विरुद्ध अफगानीस्तानी धर्मगुरूले फतावा जारी गरेका छन् । अफगानिस्तानी धर्मगुरू अवदुल रौदजेल फतावालाई अलजिहाद भन्ने गरिन्छ । सरियत कानुन अनुसार अफगानिस्तानी धर्मगूरूको हैसियत प्रधानन्यायधिश जस्तै हुन्छ ।

 

इतिहासको उतार चढावमा अवदुल रौदले हालसम्म तीन पटक फतावा जारी गरेका छन् । पहिलो पटक मुला उमरको हत्या पश्चात, दोस्रो पटक अमेरिकी सैनिकलाई धपाउन र तेस्रौ पटक पाकिस्तानी सैनिक माथि हमला गर्न फतवा जारि गरेका छन् । उक्त फतवालाई हरेक अफागानिले आत्मसाथ गर्नुपर्ने हुन्छ । पाकिस्तानमा मात्र १४ लाख अफगानिस्तानी रहेको छन्, जबकी पाकिस्तानी सैनिकहरूको संख्या १३ लाख मात्र रहेको छ । अफगानी लडाकाहरू आत्मघाती आक्रमणमा खप्पिस मानिएका छन् ।

 

वास्तवमा तालिवानी लडाकाहरूलाई पालन पोषण गर्ने पाकिस्तानी सैनिकहरू नै रहेको थियो । तालिवानीहरूलाई पाकिस्तानी सैनिकहरू नीति र नियत पूर्ण रूपमा थाहा रहेको छ । सामरिक जानकार अनुसार अमेरिकी प्रलोभन र उक्साहटको कारणले नै गर्दा पाकिस्तानी सैनिकहरू अफगानिस्तानमा आक्रामक रहेका छन्। वर्तमान परिवेशमा पाकिस्तान भित्र बलुचिस्तान प्रान्तले स्वतन्त्रताको लागि आन्त्दोलनलाई अगाडि बढाइरहेको छ भने सिन्ध र खैबर पस्तुत समेत आन्दोलित अवस्थामा रहेको छ । पाकिस्तान अफगानिस्तान विच युद्ध चर्किएको अवस्थामा पाकिस्तानलाई बढि क्षति हुने जानकारहरूको बुझाई रहेको छ । पाकिस्तान र अफगानिस्तान विचको युद्धले दक्षिण एसीयामा तनाव बढ्ने आकलन गर्न सकिन्छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

मध्यपूर्वको युद्ध, तेलको मूल्य वृद्धि र समुन्द्री मार्ग होर्मुजको रणनैतिक महत्व

यो जलमार्ग करिब ५० किलोमिटर (३१ माइल) चौडा प्रवेशद्वारबाट सुरु हुन्छ र यसको सबैभन्दा साँघुरो बिन्दु मात्र ३३ किलोमिटर चौडा छ। यही साँघुरो गलियाराले फारसको खाडीलाई अरब सागरसँग जोड्छ।

थप लेखहरु