- तालिवानी लडाकाहरूको पालन पोषण अमेरिकी खोपिया एजेन्सी र पाकिस्तानी खोपिया एजेन्सीको संयुक्त संलग्नतामा भएको थियो ।
१६ मार्चका दिन पाकिस्तानले काबुलको स्थित एक चिकित्सालय माथि हवाई हमला गर्नाले लागु पर्दाथबाट मुक्ति पाउने हेतु भर्ती भएका ४०० विरामीहरूको मृत्यु भएको छ भने घाइतेहरूको संख्या आकलन गर्न कठिन भइरहेको अवस्था छ ।
ट्रकी, कतार लगायत विभिन्न मुस्लिम राष्ट्रहरूले सहजर्कताको भूमिका खेले तापनि पाकिस्तान र अफगानिस्तान विच तनाव शिथिलिकरण भइरहेको अवस्था छैन । पाकिस्तानी सरकारले अफगानिस्तानको भूमीबाट पाकिस्तानी भूमिमा आतंकवादी हमला भइरहेको दावी गर्दै आएका छन् । अर्थात् पाकिस्तान भित्र तहरिके तालिवान नामक संगठन (टि.टि.पि.) ले आतंकवादी गतिविधि गरिरहेको पाकिस्तानी सरकारको ठहर रहेको छ ।
टि.टि.पि.को वासस्थान अफगानिस्तानमा रहेको दावी पाकिस्तानी सरकारको रहेको छ । अर्को शब्दमा भन्ने हो भने टि.टि.पि.ले पूर्ण रूपमा पाकिस्तानमा सरियत कानुनलाई लागु गर्न आन्दोलन चलाउदै आएको छ । हुनतः पाकिस्तान इस्लामिक राष्ट्र हो । तर टि.टि.पि. अनुसार पाकिस्तानमा हाईव्रिड कानुन रहेको छ । सरियत कानुन अनुसार प्रत्येक पाकिस्तानी लोग्ने मान्छेले चार जना श्रीमती राख्न पाउने अधिकार प्राप्त गरेको हुन्छ । तर चोरी गर्ने व्यक्रिलाई हात काटीदैन । छ महिना जेलमा बसे हुन्छ । अर्थात् टि.टि.पि. अनुसार पाकिस्तान पूर्ण रूपमा सरियत अनुसार चल्नु पर्दछ । टि.टि.पि. हिंसात्मक द्वन्दमा विश्वास गर्दछ । सन् २०२५ मा नै टि.टि.पि.ले पाकिस्तानमा ३००० आक्रमण गरेको पाइन्छ । सन् २००७ देखि नै पाकिस्तानमा टि.टि.पि.को गतिविधि बढिरहेको पाइन्छ । सन् २००७ देखि सन् २००९ बहतुला महसुदले नेतृत्व गरेका थिए भने सन् २००९ देखि सन् २०१३ सम्म हमिमला महसुदले टि.टि.पि.को नेतृत्व गरेका थिए । सन् २०१३ देखि सन् २०१८ सम्म मुला फजदरुलाले टि.टि.पि.को नेतृत्व गर्दै आएको थियो । सन् २०१८ पश्चात मुरु मलि महसुदले टि.टि.पि.को नेतृत्व सम्हालेका छन् । टि.टि.पि. को सामिप्यता पस्तुन मुलसंग रहेको छ ।
अधिंकाश टि.टि.पि.का लाडाकाहरूले अफगानिस्तानी, खैवर पस्तुन र बलुचिस्तान प्रदेशसँग सद्भाव र सम्बन्ध राख्दछ । अर्को तर्फ पाकिस्तान र अफगानिस्तान बीच युद्धको मुख्य कारण मध्ये डुरान लाइन समेत रहेको छ । सन् १८९३ मा विट्रिश सम्राज्यद्वारा स्थापित गरिएको डुरान लाइन (वोर्डर निर्धारण) अफगानिस्तानलाई मान्य रहेको छैन । अर्थात् डुरन नदी भित्र वास गरेका सम्पूर्ण पस्तुनहरू अफगानिस्तानी भएको कुरा अफगानिस्तानको बुझाई रहेको छ । पाकिस्तानको डुरान नदीको भू-भागलाई अफगानिस्तानले मान्यता दिएको छैन ।
अफगानिस्तानका तालिवानी शासकले पाकिस्तानको नियत र नीतिलाई अवसरवादी भन्दै आएका छन् । सन् १९७९ देखि १९८९ सम्म पाकिस्तानले तालिवानी लाडाकाहरूलाई सोभियत संघको विरुद्धमा प्रचुर मात्रामा प्रयोग गरे । तालिवानी लडाकाहरूको पालन पोषण अमेरिकी खोपिया एजेन्सी र पाकिस्तानी खोपिया एजेन्सीको संयुक्त संलग्नतामा भएको थियो । इतिहासको एक कालखण्डमा पाकिस्तानी खोपिया एजेन्सीले तालिवानीहरूलाई अमेरिकी विरुद्ध समेत प्रयोग गरेको कुरा तथ्यले पुष्टि गर्दछ । इतिहासले कोल्टो फेरेको छ । वर्तमान परिवेशमा तालिवानी र पाकिस्तानी एक अर्का विरुद्ध युद्ध गरिरहेको अवस्था छ ।
अफगानीस्तानीहरू जन्मजात लडाका हुन् । संसारमा हरेक शक्तिसँग लडेका अफगानीहरू विट्रिश, सोभियत संघ र अमेरिकीहरूलाई परास्त गरेको इतिहास रहेको छ । पाकिस्तानी सैनिक विरुद्ध अफगानीस्तानी धर्मगुरूले फतावा जारी गरेका छन् । अफगानिस्तानी धर्मगुरू अवदुल रौदजेल फतावालाई अलजिहाद भन्ने गरिन्छ । सरियत कानुन अनुसार अफगानिस्तानी धर्मगूरूको हैसियत प्रधानन्यायधिश जस्तै हुन्छ ।
इतिहासको उतार चढावमा अवदुल रौदले हालसम्म तीन पटक फतावा जारी गरेका छन् । पहिलो पटक मुला उमरको हत्या पश्चात, दोस्रो पटक अमेरिकी सैनिकलाई धपाउन र तेस्रौ पटक पाकिस्तानी सैनिक माथि हमला गर्न फतवा जारि गरेका छन् । उक्त फतवालाई हरेक अफागानिले आत्मसाथ गर्नुपर्ने हुन्छ । पाकिस्तानमा मात्र १४ लाख अफगानिस्तानी रहेको छन्, जबकी पाकिस्तानी सैनिकहरूको संख्या १३ लाख मात्र रहेको छ । अफगानी लडाकाहरू आत्मघाती आक्रमणमा खप्पिस मानिएका छन् ।
वास्तवमा तालिवानी लडाकाहरूलाई पालन पोषण गर्ने पाकिस्तानी सैनिकहरू नै रहेको थियो । तालिवानीहरूलाई पाकिस्तानी सैनिकहरू नीति र नियत पूर्ण रूपमा थाहा रहेको छ । सामरिक जानकार अनुसार अमेरिकी प्रलोभन र उक्साहटको कारणले नै गर्दा पाकिस्तानी सैनिकहरू अफगानिस्तानमा आक्रामक रहेका छन्। वर्तमान परिवेशमा पाकिस्तान भित्र बलुचिस्तान प्रान्तले स्वतन्त्रताको लागि आन्त्दोलनलाई अगाडि बढाइरहेको छ भने सिन्ध र खैबर पस्तुत समेत आन्दोलित अवस्थामा रहेको छ । पाकिस्तान अफगानिस्तान विच युद्ध चर्किएको अवस्थामा पाकिस्तानलाई बढि क्षति हुने जानकारहरूको बुझाई रहेको छ । पाकिस्तान र अफगानिस्तान विचको युद्धले दक्षिण एसीयामा तनाव बढ्ने आकलन गर्न सकिन्छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
मध्यपूर्वको युद्ध, तेलको मूल्य वृद्धि र समुन्द्री मार्ग होर्मुजको रणनैतिक महत्व
यो जलमार्ग करिब ५० किलोमिटर (३१ माइल) चौडा प्रवेशद्वारबाट सुरु हुन्छ र यसको सबैभन्दा साँघुरो बिन्दु मात्र ३३ किलोमिटर चौडा छ। यही साँघुरो गलियाराले फारसको खाडीलाई अरब सागरसँग जोड्छ।