- जिल्लामा संस्थापकहरूमाथि धोका भएको भन्दै पार्टी स्थापनादेखि रगत पसिना बगाएका संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकार पक्षका जिल्ला पदाधिकारी र स्थानीय तहका सभापतिहरूलाई संगठनबाटै पाखा लगाएर आफ्ना मान्छे ल्याउन खोजेको भन्दै जिल्लामा विरोध भएको छ ।
बारा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बारा जिल्लाको बैठकमा विवाद भएको छ ।
शनिबार बसेको विस्तारित बैठकमा हङ्गामा भएपछि जिल्लाका सांसदहरु बैठकबाट भाग्नुपर्ने अवस्था सिर्जना भएको थियो । बैठक शुरु हुनासाथ कार्यकर्ताहरुले होहल्ला र विरोध गरेका थिए । विस्तारित बैठकमा विवाद चर्किँदा चार सांसद बैठकस्थलबाटै लखेटिएका छन् । रास्वपाले हालै जिल्ला समिति बिघटन गरेपछि जिल्लामा विवाद बढेको छ । बैठकमा भएको हङ्गामापछि जिल्लाका सांसदहरु गणेश धिमाल, चन्दन कुमार सिंह, अरविन्द शाह र रहवर अन्सारीलाई सुरक्षाकर्मीहरुले सुरक्षित निकालेका थिए ।
जिल्लामा संस्थापकहरूमाथि धोका भएको भन्दै पार्टी स्थापनादेखि रगत पसिना बगाएका संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकार पक्षका जिल्ला पदाधिकारी र स्थानीय तहका सभापतिहरूलाई संगठनबाटै पाखा लगाएर आफ्ना मान्छे ल्याउन खोजेको भन्दै जिल्लामा विरोध भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।