- समितिका अनुसार पोखरा बसपार्क क्षेत्रभित्र रहेको आफ्नै स्वामित्वको जग्गा दाबी गर्ने सम्पूर्ण जग्गाधनीहरूले आफ्नो प्रमाण खुल्ने कागजातहरू सात दिनभित्र कार्यालयमा बुझाउनुपर्नेछ ।
पोखरा: पोखरा बसपार्क क्षेत्रभित्रका जग्गाधनी प्रमाणपत्र भएका व्यक्तिहरूलाई आवश्यक कागजात पेश गर्न तथा सटर र कवल लगायतका संरचना हटाउन पोखरा उपत्यका नगर विकास समितिले अत्यन्त जरुरी सूचना जारी गरेको छ।
समितिका अनुसार पोखरा बसपार्क क्षेत्रभित्र रहेको आफ्नै स्वामित्वको जग्गा दाबी गर्ने सम्पूर्ण जग्गाधनीहरूले आफ्नो प्रमाण खुल्ने कागजातहरू सात दिनभित्र कार्यालयमा बुझाउनुपर्नेछ ।
त्यसैगरी पोखरा बसपार्क क्षेत्र, पोखरा घरदेखि सेती पुलसम्म, पृथ्वी राजमार्गदेखि दक्षिण, विमानस्थलदेखि उत्तर तथा पूर्वतर्फ सेती नदी क्षेत्रसम्म पसल, सटर तथा कवल निर्माण गरी व्यवसाय सञ्चालन गर्दै आएका व्यक्तिहरूलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र ती सबै संरचना हटाउन आग्रह गरिएको छ।
समितिले तोकिएको समयभित्र संरचना नहटाइएमा पोखरा उपत्यका नगर विकास समितिले आफैं हटाउने र त्यस क्रममा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट सरकारी बाँकी सरह असुल उपर गरिने स्पष्ट पारेको छ ।
समितिले नागरिकता प्रमाणपत्रको प्रतिलिपि, जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षको सम्पत्ति कर वा भूमिकर तिरेको रसिद र जग्गासँग सम्बन्धित अन्य प्रमाणित कागजातहरू सहित सम्पर्क गर्न आग्रह गरेको छ ।
साथै समितिले बसपार्क निर्माण कार्यलाई सहज बनाउन सबै पक्षलाई सहयोग गर्न समेत अनुरोध गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
महाधिवेशन रोक्न देउवाको सर्वोच्चमा निवेदन, दर्ता हुन बाँकी
-
इजरायलले वेस्ट बैंकमा १२ सय घर बनाउने प्रक्रिया थालेपछि पश्चिमा देशको विरोध
-
बागमतीका मुख्यमन्त्री थापाले आइतबार विश्वासको मत लिने
-
काठमाडौँ महानगरका ४८१ शिक्षक तथा कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
-
गरिमा चौधरीलाई न्याय दिन माग गर्दै माइतीघरमा प्रदर्शन
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।