एमालेको सचिवालय बैठक आजपनि बस्दै

२०८३ जेठ ०९ शनिवार
सारांश
  • नेकपा एमालेको सचिवालय बैठक आजपनि बस्दैछ ।

काठमाण्डौ, ०९ जेठ । नेकपा एमालेको सचिवालय बैठक आजपनि बस्दैछ ।

 

जेठ ४ गतेदेखि शुरु भएको बैठक शुक्रबार बसेको थियो भने त्यसको निरन्तरता स्वरूप आज शनिबार पनि बस्ने उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन् ।

 

शुक्रबारको बैठकमा पार्टीको वर्तमान अवस्था, निर्वाचनको समिक्षा र पार्टी नेतृत्व बारे पाँच जना उपाध्यक्षले आफ्नो धारणा राखेका थिए । आजको बैठकमा अन्य पदाधिकारीले आफ्नो धारणा राख्ने भट्टले जानकारी दिएका छन् ।

 

सचिवालयको आजको बैठक बिहान ११: ३० बजे अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुण्डुस्थित निवासमा बस्नेछ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार