- लामो समयदेखि इरानमा सभा स्वतन्त्रता र मानवअधिकारको पक्षमा आवाज उठाउँदै आएकी मोहम्मदीलाई इरानी सरकारले पटक–पटक पक्राउ तथा हिरासतमा राख्दै आएको छ ।
काठमाण्डौ, ३१ वैशाख । इरानी मानवअधिकार अभियन्ता तथा नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको भन्दै १०० भन्दा बढी नोबेल पुरस्कार विजेताले तत्काल बिना शर्त रिहाइको माग गरेका छन् ।
हालै जमानतमा रिहा भएर तेहरानस्थित अस्पतालमा उपचाररत मोहम्मदीलाई आवश्यक विशेषज्ञ उपचारमा ढिलाइ गरिए स्थायी क्षति हुन सक्ने चेतावनी उनीहरूले दिएका हुन् ।
११३ जना नोबेल पुरस्कार विजेताले संयुक्त पत्र जारी गर्दै ५४ वर्षीया मोहम्मदीमाथिका सबै 'अन्यायपूर्ण आरोप' फिर्ता लिन र तत्काल बिना शर्त रिहा गर्न माग गरेका छन् । मोहम्मदीले सन् २०२३ मा 'इरानमा महिलामाथिको दमनविरुद्ध संघर्ष' का लागि नोबेल शान्ति पुरस्कार प्राप्त गरेकी थिइन् ।
सार्वजनिक गरिएको वक्तव्यअनुसार पछिल्ला दिनमा मोहम्मदीमा अत्यधिक तौल घट्ने, रक्तचाप अस्थिर हुने तथा गम्भीर मुटुसम्बन्धी समस्या देखिएको उल्लेख गरिएको छ । आवश्यक उपचार नपाए उनको स्वास्थ्यमा अपूरणीय क्षति पुग्न सक्ने चेतावनी वक्तव्यमा दिइएको छ ।
मोहम्मदीको परिवारद्वारा सञ्चालित नरगिस फाउन्डेसनले उनको मुटुको अवस्था जाँच्न एन्जियोग्राफी गरिएको जनाएको छ। परीक्षणले रक्तनलीसम्बन्धी रोग थप गम्भीर बन्दै गएको देखाएको फाउन्डेसनले उल्लेख गरेको छ । फाउन्डेसनका अनुसार मोहम्मदीलाई स्थिर अवस्थामा राखेर पूर्ण आराममा बस्न चिकित्सकले सल्लाह दिएका छन् ।
लामो समयदेखि इरानमा सभा स्वतन्त्रता र मानवअधिकारको पक्षमा आवाज उठाउँदै आएकी मोहम्मदीलाई इरानी सरकारले पटक–पटक पक्राउ तथा हिरासतमा राख्दै आएको छ । नरगिस फाउन्डेसनका अनुसार उनले आफ्नो जीवनमा ४४ वर्षभन्दा बढी जेल सजाय र १५४ कोर्राको सजाय भोगिसकेकी छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
शिक्षामन्त्री पोखरेलसँग विश्व बैंकका कन्ट्री डाइरेक्टर सिस्लेनको भेटवार्ता
-
मोहम्मदीलाई विना शर्त रिहाई गर्न ११३ नोबेल पुरस्कार विजेताको माग
-
विधुत् नियमन आयोगको रिक्त पदाधिकारीको नियुक्ति प्रक्रिया अगाडी बढ्यो
-
रास्वपा सांसद गणेश पराजुलीले बोलेका यी शब्द संसदको रेकर्डबाट हटाइयो
-
संसदमा प्रधानमन्त्रीको खोजी अनुहार हेर्न होइन, जवाफदेहिता खोजेको हो- खुश्बु ओली
धेरै पढिएको
-
कम्युनिष्ट, वामपन्थी र मुस्लिम तुष्टिकरणको राजनीतिबाट मुक्त पश्चिम बङ्गाल
-
के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?
-
नेपालमा अमेरिकी सैन्य अखडा र दलाई लामाको पुनर्जन्मको खेल: भारतीय विद्वान राजिव मल्होत्राको सनसनीपूर्ण दाबी
-
६ वटै दलको घोषणापत्र समेटेर सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धतापत्र’
-
बालेन्द्र सरकारका कुन मन्त्रीको कति सम्पत्ति छ ?
विशेष
ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट
१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।