पुन: हमला भएमा युरेनियम संवर्धन ९० प्रतिशत पुर्याउने इरानको चेतावनी

२९ बैसाख, २०८३, मगलवार
सारांश
  • ९० प्रतिशतसम्मको युरेनियम संवर्धनलाई हतियारस्तरको मानिन्छ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका अनुसार इरानले यसअघि नै ६० प्रतिशतसम्म युरेनियम संवर्धन गरिसकेको छ, जुन आणविक हतियार निर्माणको तह नजिक मानिन्छ ।

काठमाडौँ: इरानले आफूविरुद्ध फेरि हमला भए युरेनियमलाई ९० प्रतिशतसम्म समृद्ध बनाउने चेतावनी दिएको छ । इरानी संसदको आयोगका प्रवक्ता इब्राहिम रेजाईले यस्तो विकल्पबारे संसदमा समीक्षा हुने बताएका हुन् ।

 

इरानले अमेरिका र इजरायललाई लक्षित गर्दै पुनः आक्रमण भए कडा कदम चाल्ने संकेत दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

 

९० प्रतिशतसम्मको युरेनियम संवर्धनलाई हतियारस्तरको मानिन्छ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका अनुसार इरानले यसअघि नै ६० प्रतिशतसम्म युरेनियम संवर्धन गरिसकेको छ, जुन आणविक हतियार निर्माणको तह नजिक मानिन्छ ।

 

एजेन्सीको पछिल्लो प्रतिवेदनअनुसार पछिल्ला वर्षहरूमा इरानले ६० प्रतिशत शुद्धताको युरेनियम उत्पादनलाई तीव्र बनाएको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार