- सामाजिक सञ्जालमा एक ग्राफिक नक्सा सार्वजनिक गर्दै ट्रम्पले चीन भ्रमणमा निस्किनु अघिको भेनेजुएलालाई अमेरिकाको ५१औं राज्य भनेका हुन् ।
एजेन्सी, ३० वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलालाई अमेरिकाको ५१औँ राज्य भनेका छन् ।
सामाजिक सञ्जालमा एक ग्राफिक नक्सा सार्वजनिक गर्दै ट्रम्पले चीन भ्रमणमा निस्किनु अघिको भेनेजुएलालाई अमेरिकाको ५१औं राज्य भनेका हुन् ।
यसअघि भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले आफ्नो देश कहिल्यै पनि अमेरिकाको ५१औँ राज्य बन्ने विषयमा नसोच्ने स्पष्ट प्रतिक्रिया दिएकी थिइन् ।
ट्रम्पले यसअघि फक्स न्युजसँगको कुराकानीमा भेनेजुएलालाई अमेरिकाको नयाँ राज्य बनाउन गम्भीर रूपमा विचार भइरहेको संकेत गरेका थिए । उनले भेनेजुएलाको ठूलो तेल भण्डारको उल्लेख गर्दै त्यहाँका नागरिकको समर्थन आफूलाई रहेको दाबी पनि गरेका थिए ।
यसको जवाफमा हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा भएको सुनुवाइका क्रममा रोड्रिगेजले भनिन्- हामी आफ्नो अखण्डता, सार्वभौमिकता, स्वतन्त्रता र इतिहासको रक्षा गर्दै अघि बढ्छौँ ।'
पूर्व राष्ट्रपति निकोलस मादुरोलाई सत्ताबाट हटाइएपछि जनवरीमा रोड्रिगेजले अन्तरिम राष्ट्रपति पद सम्हालेकी थिइन् । उनको नेतृत्वमा भेनेजुएलाले तेल र खानी क्षेत्र विदेशी कम्पनीका लागि पुनः खुला गर्ने दिशामा केही नीतिगत परिवर्तन गरेको छ ।
यसैबीच अमेरिकी ऊर्जा विभागले भेनेजुएलाको एक अनुसन्धान रिएक्टरबाट १३.५ किलोग्राम युरेनियम हटाइएको दाबी गरेको छ । विभागका अनुसार यो कारबाही अमेरिका, बेलायत र भेनेजुएलाको संयुक्त समन्वयमा भएको हो । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले पनि यस घटनाको पुष्टि गरेको बताइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।