- इरान युद्ध चर्किरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणका लागि प्रस्थान गरेका छन् ।
एजेन्सी, ३० वैशाख । इरान युद्ध चर्किरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणका लागि प्रस्थान गरेका छन् । भ्रमणका क्रममा उनको चिनियाँ राष्ट्रपति सी जीङपीङसँग भेटवार्ता हुने तय भएको छ ।
ट्रम्पले बेइजिङमा सी जिनपिङसँगको औपचारिक बैठक बिहीबार र शुक्रबारका लागि प्रस्ताव गरिएको छ । यो पछिल्लो ९ वर्षयता ट्रम्पको पहिलो चीन भ्रमण हो ।
भ्रमणअघि ट्रम्पले इरानको विषयमा शी जिनपिङसँग लामो छलफल हुने बताएका छन् । उनले इरानलाई चेतावनी दिँदै सम्झौता नगरे ठूलो क्षति व्यहोर्नुपर्ने बताएका छन् । ट्रम्पले अमेरिकासँग सैन्य र कूटनीतिक दुवै विकल्प खुला रहेको पनि उल्लेख गरेका छन् ।
यसअघि इरानले फेरि आक्रमण भए ९० प्रतिशतसम्म युरेनियम संवर्द्धनतर्फ अघि बढ्न सक्ने चेतावनी दिएको थियो । विश्लेषकहरूले इरान संकट समाधानमा चीनको भूमिका महत्वपूर्ण हुन सक्ने बताएका छन् । चीनलाई इरानको प्रमुख आर्थिक तथा रणनीतिक साझेदार मानिन्छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चोलेन्द्रशमशेरलाई भेट्न नदिएको भन्दै मानव अधिकार आयोगको आपत्ति
-
फेवातालमा उद्धारका लागि अत्याधुनिक जेट स्की बोट सञ्चालन
-
दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्डमा २७ जनाको मृत्यु
-
मलेखु–मुग्लिन सडक खुलाउन १० मेसिन परिचालन, भोलि बिहानसम्म यातायात सुचारु गर्ने तयारी
-
बर्षाले अप्ठ्यारोमा परेका नागरिकलाई सहयोग र समन्वय गर्न पार्टीपंक्तिलाई गगन थापाको आग्रह
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।