- दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले आफूमाथि महाभियोग प्रक्रिया सुरु हुन लागे पनि पदबाट राजीनामा नदिने स्पष्ट पारेका छन् ।
एजेन्सी, २९ वैशाख । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले आफूमाथि महाभियोग प्रक्रिया सुरु हुन लागे पनि पदबाट राजीनामा नदिने स्पष्ट पारेका छन् ।
उनले राष्ट्रका नाममा टेलिभिजन सम्बोधन गर्दै केही समूहले राजीनामाको माग गरिरहेको भए पनि धेरै नागरिकले आफू पदमै रहन चाहेको बताएका छन् । उनले संवैधानिक प्रक्रिया पूरा नहुँदासम्म राजीनामा नदिने अडान दोहोर्याएका छन् ।
राष्ट्रपति रामाफोसाले अहिले राजीनामा दिए आफूले अनुसन्धान प्रतिवेदनलाई सही ठानेको अर्थ लाग्ने बताएका छन् । उनले उक्त प्रतिवेदनमा गम्भीर कमजोरी रहेको दाबी गर्दै आफ्नो कार्यकाल पूरा गर्ने बताएका छन् ।
यो विवाद 'फाला फाला' नामक निजी फार्मसँग सम्बन्धित छ । उक्त फार्ममा विदेशी जातका गाईभैंसी पालन गरिन्छ । सन् २०२० मा फार्मबाट करिब पाँच लाख ८० हजार अमेरिकी डलर चोरी भएको आरोप लागेको थियो । उक्त रकम छालाको सोफाभित्र लुकाएर राखिएको बताइएको छ ।
घटना सार्वजनिक भएको दुई वर्षपछि दक्षिण अफ्रिकाको राज्य सुरक्षा एजेन्सीका पूर्व प्रमुख अर्थर फ्रासरले राष्ट्रपति विरुद्ध उजुरी दिएका थिए । उजुरीमा राष्ट्रपति रामाफोसाले ठूलो रकमबारे सरकारी निकायलाई जानकारी नदिएको र चोरीको घटना प्रहरीमा दर्ता नगरेको आरोप लगाइएको थियो । रामाफोसाले भने उक्त रकम सुडानी व्यापारी मुस्तफा मोहम्मद इब्राहिम हाजिमलाई भैंसी बिक्री गरेर प्राप्त भएको दाबी गरेका थिए । तर घटनापछि कानुनी र नैतिक प्रश्न उठेका थिए ।
विवाद बढेपछि दक्षिण अफ्रिकी संसदले स्वतन्त्र अनुसन्धान समिति गठन गरेको थियो । समितिको प्रारम्भिक प्रतिवेदनमा राष्ट्रपतिले गम्भीर कानुन उल्लंघन गरेको हुन सक्ने उल्लेख गरिएको थियो । त्यसपछि सन् २०२२ मा उनीविरुद्ध महाभियोग प्रक्रिया सुरु गर्ने अवस्था बनेको थियो ।
यद्यपि पछि दक्षिण अफ्रिकी रिजर्भ बैंक र सार्वजनिक संरक्षक कार्यालयले केही कानुनी आरोपबाट रामाफोसालाई राहत दिएका थिए । उनीहरूको निष्कर्षअनुसार भैंसी बिक्री प्रक्रिया पूरा नभएकाले रकम औपचारिक रूपमा घोषणा गर्न कानुनी बाध्यता नरहेको बताइएको थियो ।
यसबीच दक्षिण अफ्रिकाको संवैधानिक अदालतले संसदले सन् २०२२ मा अनुसन्धान प्रतिवेदन खारेज गर्नु गलत र असंवैधानिक भएको फैसला गरेको छ । अदालतले उक्त प्रतिवेदनलाई औपचारिक महाभियोग समितिमा पठाउन आदेश दिएको छ ।
अदालतको आदेशपछि संसदकी सभामुख थोको डिडिजाले महाभियोग समिति गठन गरिने घोषणा गरेकी छन् । समितिले सार्वजनिक सुनुवाइ गर्दै 'फाला फाला' प्रकरणमा राष्ट्रपतिको भूमिकाबारे थप अनुसन्धान गर्ने जनाइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
क्रुज जहाजमा हान्ता भाइरसबाट संक्रमित १७ अमेरिकीलाई ४२ दिनको क्वारेन्टिनमा राखियो
-
'फाला फाला' प्रकरणमा फसे दक्षिण अफ्रिकाका राष्ट्रपति रामाफोसा
-
गगन थापाले एसइईको नतिजा अपेक्षाकृत छिटो प्रकाशित गरेकोमा सरकारलाई दिए धन्यवाद
-
स्नो रिभर्सको आइपीओ आजदेखि सर्वसाधारणका लागि खुला
-
आइपिएलमा पञ्जावको लगातार चौथो हार, दिल्ली ३ विकेटले विजयी
धेरै पढिएको
-
कम्युनिष्ट, वामपन्थी र मुस्लिम तुष्टिकरणको राजनीतिबाट मुक्त पश्चिम बङ्गाल
-
के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?
-
नेपालमा अमेरिकी सैन्य अखडा र दलाई लामाको पुनर्जन्मको खेल: भारतीय विद्वान राजिव मल्होत्राको सनसनीपूर्ण दाबी
-
६ वटै दलको घोषणापत्र समेटेर सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धतापत्र’
-
बालेन्द्र सरकारका कुन मन्त्रीको कति सम्पत्ति छ ?
विशेष
ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट
१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।