गगन थापाले एसइईको नतिजा अपेक्षाकृत छिटो प्रकाशित गरेकोमा सरकारलाई दिए धन्यवाद
२०८३ वैशाख २९ मङ्गलवार
- सभापति थापाले विद्यार्थीहरूको मनोबल उच्च राख्न तथा आवश्यक शैक्षिक परामर्श उपलब्ध गराउन स्थानीय सरकारहरूलाई तत्काल समन्वय गर्न पनि अनुरोध गरेका छन् ।
काठमाण्डौ, २९ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले यस वर्षको एसइई परीक्षाको नतिजा अपेक्षाकृत छिटो सार्वजनिक भएकोमा सरकार, सम्बन्धित निकाय तथा संलग्न सबैलाई धन्यवाद तथा बधाई दिएका छन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले यस वर्षको एसइई परीक्षामा सफल भएका सम्पूर्ण विद्यार्थीलाई हार्दिक बधाई दिदै नतिजा छिटो प्रकाशन गरेकोमा सरकार र सम्बन्धित निकायलाई धन्यवाद दिएका हुन् ।
उनले विद्यार्थीहरूको मेहनत, लगनशीलता र निरन्तर प्रयासले सार्थकता पाएको बताएका छन् । त्यस्तै अपेक्षित नतिजा प्राप्त गर्न नसकेका विद्यार्थीलाई निराश नहुन आग्रह गर्दै उनले यसलाई जीवनको एउटा खुड्किलोका रूपमा लिन सुझाव दिएका छन् । आगामी ग्रेड वृद्धि परीक्षा आफ्नो क्षमता प्रमाणित गर्ने अर्को अवसर भएको उल्लेख गर्दै आत्मविश्वासका साथ अगाडि बढ्न आग्रह गरेका छन् ।
सभापति थापाले विद्यार्थीहरूको मनोबल उच्च राख्न तथा आवश्यक शैक्षिक परामर्श उपलब्ध गराउन स्थानीय सरकारहरूलाई तत्काल समन्वय गर्न पनि अनुरोध गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
अर्थमन्त्री र बहुराष्ट्रिय ठूला करदाता कम्पनीबीच छलफल, नेपालमा २०० अर्ब लगानी थपिँदै
-
समस्याग्रस्त तीन सहकारीका २२० बचतकर्ताले पाए रकम
-
ज्ञानेन्द्र शाहीको चुनौती- त्यो अश्लील भिडियो मेरो पुष्टि भए राजनीतिबाट संन्यास लिन्छु
-
पूर्णबहादुर खड्काको गगनलाई आग्रह- पार्टीको सम्पूर्ण एकताको तत्काल पहल गर्नुस्
-
प्रधानमन्त्री शाहसँग भारतीय राजदुत श्रीवास्तवको भेटवार्ता
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।