- भ्रमणका क्रममा ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता हुने तय भएको छ । भेटमा इरान, व्यापार, ताइवानलगायत विभिन्न महत्वपूर्ण विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
काठमाडौँ: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ तारिखसम्म चीन भ्रमण गर्ने भएका छन् । चीनले सोमबार यसको औपचारिक पुष्टि गरेको हो ।
भ्रमणका क्रममा ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता हुने तय भएको छ । भेटमा इरान, व्यापार, ताइवानलगायत विभिन्न महत्वपूर्ण विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
चीनको विदेश मन्त्रालयका प्रवक्ताले राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा ट्रम्पले चीनको राजकीय भ्रमण गर्न लागेको जानकारी दिएका छन् ।
यसअघि ट्रम्प मार्च वा अप्रिलमै चीन भ्रमणमा जाने तयारीमा थिए । तर इरानसँग सम्बन्धित युद्ध सुरु भएपछि उनले भ्रमण स्थगित गरेका थिए । अमेरिकी अधिकारीहरूका अनुसार ट्रम्पले चीनमाथि इरानको विषयलाई लिएर दबाब बढाउन सक्नेछन् । चीन इरानी तेलको प्रमुख खरिदकर्ता मानिन्छ । विशेषगरी चिनियाँ तेल प्रशोधन कम्पनीहरूले सहुलियत दरमा इरानबाट तेल खरिद गर्दै आएका छन् ।
अमेरिका र चीनबीच व्यापारिक महसुलको विषयलाई लिएर लामो समयदेखि तनाव कायम छ । विभिन्न रिपोर्टअनुसार दुवै देशले व्यापारिक व्यवस्था स्थिर बनाउने तथा नयाँ व्यापार सम्झौताबारे छलफल गर्न सक्छन् ।
ताइवानको विषय पनि वार्ताको मुख्य एजेन्डामध्ये एक बन्न सक्ने बताइएको छ । चीनले ताइवानलाई आफ्नो भूभागको हिस्सा मान्दै आएको छ भने अमेरिकाले ताइवानलाई सैन्य तथा राजनीतिक समर्थन दिँदै आएको छ ।
अमेरिकी राष्ट्रपति कार्यालयकी प्रमुख उपप्रेस सचिव एना केलीले यो भ्रमण निकै महत्वपूर्ण हुने बताएकी छन् । उनले ट्रम्प केवल औपचारिकताका लागि भ्रमण नगर्ने भन्दै अमेरिकी नागरिकले यस भ्रमणबाट सकारात्मक सम्झौताको अपेक्षा गर्न सक्ने बताइन् ।
ह्वाइट हाउसका अनुसार ट्रम्पको भ्रमण तालिकामा बेइजिङस्थित ‘टेम्पल अफ हेवन’ भ्रमण र भव्य राजकीय भोजसमेत समावेश गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
न्युयोर्क पुगे प्रधानमन्त्री शाह, यस्तो छ कार्यतालिका
-
चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वैदेशिक व्यापार ४ खर्ब ७८ अर्ब
-
पोखराबाट पहिलो उडानमा दुबई जाने यात्रुलाई नगर प्रमुख आचार्यले गरे बिदाई
-
भारी वर्षाको पूर्वानुमान रहेकाले सतर्क रहन प्रधानमन्त्री शाहको अपिल
-
भोटेकोशी बाढीको विपदबाट सिकेर भविष्यको जोखिम घटाउने प्रणाली विकास गर्नुपर्छ- मन्त्री श्रेष्ठ
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।