स्नो रिभर्सको आइपीओ आजदेखि सर्वसाधारणका लागि खुला

२०८३ वैशाख २९ मङ्गलवार
सारांश
  • स्नो रिभर्स लिमिटेडले सर्वसाधारणका लागि आजदेखि आइपिओ निष्काशन तथा बिक्री खुला गरेको छ ।

काठमाण्डौ, २९ वैशाख । स्नो रिभर्स लिमिटेडले सर्वसाधारणका लागि आजदेखि आइपिओ निष्काशन तथा बिक्री खुला गरेको छ ।

 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७ लाख ७८ हजार १२५ कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

 

यस आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा एक हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । यस आइपिओको निष्काशन बन्द छिटोमा जेठ १ गते र ढिलोमा जेठ १२ गते हुने आइपीओ निष्काशन तथा बिक्री प्रबन्धक सानीमा क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।

 

यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि शेयर बाँडफाँट गरिसकिएको छ ।

 

कम्पनीले सञ्चालन गरिरहेको १३.५ मेगावाट क्षमताको सुपर काबेली खोला ‘ए’ जलविद्युत आयोजनाको कुल लागत करिब २ अर्ब ७१ करोड रुपैयाँ रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट

१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।

थप समाचार