चीनले इरानलाई क्षेप्यास्त्र निर्माणमा सहयोग गरेको नेतन्याहूको दाबी
२०८३ वैशाख २८ सोमवार
- इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले चीनले इरानलाई क्षेप्यास्त्र निर्माणमा सहयोग गरेको दाबी गरेका छन् ।
काठमाण्डौ, २८ वैशाख । इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले चीनले इरानलाई क्षेप्यास्त्र निर्माणमा सहयोग गरेको दाबी गरेका छन् । उनले चीनले इरानलाई केही सहयोगका साथै क्षेप्यास्त्र उत्पादनसँग सम्बन्धित सामग्री उपलब्ध गराएको बताएका हुन् ।
अमेरिकी समाचार संस्था सिबिएसको कार्यक्रम ‘६० मिनेट्स’ मा दिएको अन्तर्वार्ताका क्रममा नेतन्याहूले यस्तो दाबी गरेका थिए । यद्यपि उनले यसबारे थप विवरण दिन अस्वीकार गरेका छन् ।
रिपोर्टअनुसार अन्तर्वार्ताका क्रममा इरानको आणविक तथा क्षेप्यास्त्र कार्यक्रमबारे प्रश्न सोधिएको थियो । त्यसको जवाफमा नेतन्याहूले इरानको सैन्य क्षमता कमजोर बनाउनु अझै पनि इजराइलको मुख्य प्राथमिकतामध्ये एक रहेको बताएका थिए ।
यसअघि चीनले इरानलाई सैन्य प्रविधि वा क्षेप्यास्त्रसँग सम्बन्धित उपकरण उपलब्ध गराएको भन्ने आरोप अस्वीकार गर्दै आएको छ । चीनले सैन्य तथा दोहोरो प्रयोगमा आउने प्रविधिको निर्यातमा कडा नियन्त्रण रहेको बताउँदै आएको छ ।अमेरिका र इजराइलले लामो समयदेखि चीन र इरानबीच सैन्य तथा प्राविधिक सहकार्य रहेको आरोप लगाउँदै आएका छन् । पछिल्ला केही वर्षमा सार्वजनिक भएका विभिन्न रिपोर्टमा चिनियाँ कम्पनीहरूले इरानको क्षेप्यास्त्र कार्यक्रममा प्रयोग हुने सामग्री र प्रविधि आपूर्ति गर्दै आएको दाबी गरिएको थियो ।
यसैबीच इजराइलका प्रधानमन्त्री नेतन्याहू र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आइतबार राति टेलिफोन संवाद भएको छ ।
अमेरिकी समाचार संस्था सिएनएनले एक इजराइली अधिकारी र वार्तासँग सम्बन्धित स्रोतलाई उद्धृत गर्दै यसको जानकारी दिएको हो । यद्यपि दुवै नेताबीच कुन विषयमा विस्तृत छलफल भयो भन्नेबारे आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
न्युयोर्क पुगे प्रधानमन्त्री शाह, यस्तो छ कार्यतालिका
-
चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वैदेशिक व्यापार ४ खर्ब ७८ अर्ब
-
पोखराबाट पहिलो उडानमा दुबई जाने यात्रुलाई नगर प्रमुख आचार्यले गरे बिदाई
-
भारी वर्षाको पूर्वानुमान रहेकाले सतर्क रहन प्रधानमन्त्री शाहको अपिल
-
भोटेकोशी बाढीको विपदबाट सिकेर भविष्यको जोखिम घटाउने प्रणाली विकास गर्नुपर्छ- मन्त्री श्रेष्ठ
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।