थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाकसिन शिनावात्रा जेलबाट रिहा
२०८३ वैशाख २८ सोमवार
- थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाकसिन शिनावात्रालाई बैंककस्थित जेलबाट रिहा गरिएको छ ।
एजेन्सी, २८ वैशाख । थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाकसिन शिनावात्रालाई बैंककस्थित जेलबाट रिहा गरिएको छ । भ्रष्टाचारसम्बन्धी मुद्दामा एक वर्षको सजाय भोगिरहेका ७६ वर्षीय थाकसिनले आठ महिना जेल जीवन बिताएपछि पेरोलमा रिहा भएका हुन् ।
बैंककको क्लोंग प्रेम केन्द्रीय कारागार बाहिर उनको स्वागतका लागि करिब ३ सय समर्थक र राजनीतिक सहयोगी भेला भएका थिए । सेतो पोलो टिसर्ट र निलो पाइन्टमा जेलबाट बाहिरिएका थाकसिनलाई परिवारका सदस्यले अँगालो हालेर स्वागत गरेका थिए । यद्यपि उनले सञ्चारकर्मीसँग कुनै प्रतिक्रिया दिएनन् ।
थाकसिन शिनावात्रा दूरसञ्चार व्यवसायसँग जोडिएका अर्बपति व्यवसायी हुन् । उनले सन् १९९८ मा आफ्नो राजनीतिक दल गठन गरेका थिए भने सन् २००१ मा थाइल्यान्डको प्रधानमन्त्री बनेका थिए । सन् २००६ मा सेना नेतृत्वको सत्ता कब्जापछि उनको सरकार हटाइएको थियो । त्यसबेला उनी विदेश भ्रमणमा रहेका थिए । त्यसपछि थाइल्यान्डको राजनीति झण्डै दुई दशकसम्म तीव्र ध्रुवीकरण र राजनीतिक संघर्षमा फस्यो ।
उनिमाथि सत्ताको दुरुपयोग, आफ्ना व्यावसायिक स्वार्थलाई फाइदा पुर्याएको तथा सरकारी चिठ्ठा परियोजनामा अनियमितता गरेको आरोप लागेको थियो । उनी अनुपस्थितमै दोषी ठहर भएका थिए । तर सन् २०२३ मा स्वदेश फर्किएपछि अदालतमा उपस्थित भएका थिए । सुरुमा उनलाई आठ वर्ष कैद सजाय सुनाइएको भए पनि पछि थाइल्यान्डका राजा महा वजिरालोंगकोर्नले सजाय घटाएर एक वर्षमा सीमित गरेका थिए ।
स्वास्थ्य अवस्थालाई आधार बनाउँदै थाकसिनलाई बैंकक प्रहरी अस्पतालको विशेष कक्षमा बसेर सजाय भोग्न अनुमति दिइएको थियो । यस निर्णयलाई लिएर विपक्षीहरूले उनलाई विशेष सुविधा दिइएको आरोप लगाएका थिए । त्यसपछि सन् २०२५ सेप्टेम्बरमा सर्वोच्च अदालतले उनलाई जेलमै सजाय पूरा गर्न आदेश दिएको थियो ।
हालै न्याय मन्त्रालयअन्तर्गतको एक समितिले राम्रो आचरण, बढ्दो उमेर र पुनः अपराध गर्ने सम्भावना कम रहेको आधारमा उनलाई पेरोल दिने निर्णय गरेको हो । रिहाइपछि आगामी चार महिनासम्म उनी निगरानीमा रहनेछन् । उनले बैंककस्थित आफ्नै घरमा बस्नुपर्ने, विद्युतीय निगरानी उपकरण लगाउनुपर्ने र नियमित रूपमा अधिकारीसमक्ष हाजिर हुनुपर्नेछ ।
थाकसिनकी छोरी पेतोङटार्न शिनावात्रा सन् २०२४ मा थाइल्यान्डकी सबैभन्दा कान्छी प्रधानमन्त्री बनेकी थिइन् । तर सन् २०२५ मा सार्वजनिक भएको एक विवादास्पद टेलिफोन संवादपछि संवैधानिक अदालतले उनलाई पदबाट हटाएको थियो । यस वर्ष सम्पन्न आमनिर्वाचनमा थाकसिन समर्थित फेउ थाई पार्टी तेस्रो स्थानमा सीमित भएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डकी विदेशमन्त्री भाल्टोनेनबीच भेटवार्ता
-
ओलीको प्रतिवेदन पारित, आज सचिवालयपछि केन्द्रीय कमिटी बैठक बस्ने
-
आजको राशिफल: वि.सं. २०८३ असोज ८ गते विहिवार
-
न्युयोर्क पुगे प्रधानमन्त्री शाह, यस्तो छ कार्यतालिका
-
चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वैदेशिक व्यापार ४ खर्ब ७८ अर्ब
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।