छवटा प्रदेशमा सीप तथा रोजगार मेला सञ्चालन हुने, महासंघ र मन्त्रालयबीच सम्झौता

४ मार्ग, २०८३
सारांश
  • रोजगार खोजकर्ता र रोजगारदाताबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्दै आन्तरिक रोजगारीका अवसर विस्तार गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो ।

काठमाडौं :नेपाल सरकारको युवा, श्रम तथा रोजगार मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघबीच छवटा प्रदेशमा ‘सीप तथा रोजगार मेला, २०८३’ सञ्चालन गर्ने सम्झौता भएको छ ।

 

रोजगार खोजकर्ता र रोजगारदाताबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्दै आन्तरिक रोजगारीका अवसर विस्तार गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो ।

 

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव, मन्त्रालयका सचिव दीपक काफ्ले र महासंघका अध्यक्ष अञ्जन श्रेष्ठको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा मन्त्रालयका तर्फबाट सहसचिव तथा युवा महाशाखा प्रमुख हेमराज तामाङ र महासंघका तर्फबाट उपाध्यक्ष तथा रोजगार परिषद्का सभापति प्रबलजंग पाण्डेले हस्ताक्षर गरेका छन् ।

 

सम्झौताअनुसार मन्त्रालयले मेलाको नीतिगत नेतृत्व, सरकारी निकायसँगको समन्वय तथा रोजगारसम्बन्धी डिजिटल प्रणाली सञ्चालन गर्नेछ । महासंघले भने मेलाको व्यवस्थापन, सञ्चालन र कार्यान्वयनको जिम्मेवारी लिनेछ । यसका लागि महासंघले सचिवालय स्थापना गरी रोजगारदाता परिचालन, आवश्यक पूर्वाधार र निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्नेछ ।

 

मेलामा उद्योग तथा व्यवसायका वास्तविक रिक्त पद र आवश्यक जनशक्तिको विवरण संकलन गरी रोजगार खोजकर्ताबाट आवेदन लिइनेछ । रोजगारदातासँग प्रत्यक्ष अन्तर्वार्ता, प्रारम्भिक छनोट तथा रोजगार मिलानको व्यवस्था गरिनेछ। साथै, श्रम बजारको मागअनुसार प्रत्येक प्रदेशमा विभिन्न विधाका १० वटा प्राविधिक तथा व्यावसायिक तालिम सञ्चालन गरिनेछ ।

 

सरकारले आर्थिक वर्ष २०८३/८४ देखि २०९२/९३ सम्मलाई रोजगार प्रवर्द्धन दशकका रूपमा अघि बढाएको सन्दर्भमा मेला सञ्चालन गर्न लागिएको महासंघका उपाध्यक्ष प्रबलजंग पाण्डेले बताएका छन् । मेलालाई व्यवस्थित बनाउन मन्त्रालयले रोजगार मेला डिजिटल प्रणाली सञ्चालन गर्नेछ । कार्यक्रम सम्पन्न भएपछि पनि सिर्जित रोजगारीका अवसरलाई निरन्तरता दिन मन्त्रालय, महासंघ, श्रम तथा रोजगार कार्यालय, स्थानीय तह र रोजगारदाताबीच समन्वय गरिने जनाइएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार