- भारत ए ले दिएको ३३३ रनको लक्ष्य पछाएको नेपाली टिम ११.३ ओभरमा २६ रन मात्र बनाएर अल आउट भएको थियो ।
काठमाडौं: एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स प्रतियोगिता अन्तर्गत नेपालले भारत ए सँग लज्जास्पद हार बेहोरेको छ । शुक्रबार सम्पन्न खेलमा नेपाल भारत ए सँग ३०६ रनले पराजित भएको हो ।
भारत ए ले दिएको ३३३ रनको लक्ष्य पछाएको नेपाली टिम ११.३ ओभरमा २६ रन मात्र बनाएर अल आउट भएको थियो ।
नेपालका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् भने ओपनरद्वय अर्जुन कुमाल र कुशल भुर्तेलसहित पाँच खेलाडी शुन्यमा आउट भएका थिए ।
त्यस्तै भारतीय बलर प्रिन्स यादवले ५, हर्षित रानाले ४ र शहबाज अहमदले एक एक विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको भारत ए ले ५० ओभरमा ९ विकेट गुमाउदै ३३२ रन बनाएको थियो । भारत ए का लागि कुमार कुशर्गले ११७ र कप्तान तिलक बर्माले १०७ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै नेपालका बलर कप्तान सन्दीप लामिछाने र ललित राजबंशीले ३-३ विकेट लिए भने नन्दन यादवले २ तथा पवन सराफले एक विकेट लिएका थिए ।
आजै सम्पन्न समुह बी को अर्को खेलमा पाकिस्तानले युएईलाई पराजित गरेको छ ।
अब नेपालले अर्को खेल नोभेम्बर २२ मा संयुक्त अरब इमिरेट्स (युएई) र नोभेम्बर २४ मा पाकिस्तान ‘ए’ सँग खेल्ने तालिका छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
राजस्व चुहावट रोक्न कुनै कसर बाँकी नराख्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको निर्देशन
-
२६ रनमै समेटियो नेपाल, भारत ए सँग लज्जास्पद हार
-
भारत ए ले नेपाललाई दियो ३३३ रनको लक्ष्य
-
प्रधानमन्त्रीको भारत भ्रमण सानातिना बिषयमा होइन, सद्भाव र बलियो ‘नेगोसिएसन’ को आधार तयार गर्न केन्द्रित हुनुपर्छ : राजन शर्मा
-
यस्तो छ प्रधानमन्त्रीको भारत भ्रमणको टाइमलाइन
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।