यस्तो छ प्रधानमन्त्रीको भारत भ्रमणको टाइमलाइन

४ मार्ग, २०८३
सारांश
  • प्रधानमन्त्री वालेन्द्र शाह आइतबार आइतबार भारत भ्रमणमा जाँदै छन् ।

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह आइतबार आइतबार भारत भ्रमणमा जाँदै छन् ।


परराष्ट्र सचिव अमृत राईका अनुसार प्रधानमन्त्रीको भ्रमण दलमा ३४ जना सदस्य छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल पनि प्रधानमन्त्रीसँग भारत जाने कार्यक्रम तय भएको छ ।

 

प्रधानमन्त्री शाहको टोली आइतबार १:४५ बजेको नेपाल वायु सेवा निगमको नियमित उडानबाट प्रस्थान गर्ने भएका छन् ।

 

परराष्ट्र मन्त्रालय र भारतीय विदेश मन्त्रालयले सार्वजनिक गरेको भ्रमणको मुख्य तालिका यस्तो छ-

 

– पहिलो दिन : मंसिर ६ गते (आइतबार)

 

▪ दिउँसो १:४५ बजे ➔ नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत काठमाडौँबाट दिल्ली प्रस्थान।

 

▪ दिउँसो ३:१५ बजे ➔ नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण।

 

▪ साँझ ६:०० बजे ➔ होटल ताजमहलमा भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग शिष्टाचार भेटवार्ता।

– दोस्रो दिन : मंसिर ७ गते (सोमबार)

▪ बिहान १०:०० बजे ➔ राष्ट्रपति भवनमा औपचारिक स्वागत (गार्ड अफ अनर) तथा भेटघाट।

 

▪ स्वागतलगत्तै ➔ राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण।

 

▪ मध्यान्ह ➔ हैदरावाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता।

 

▪ दिउँसो १२:२५ बजे ➔ दुई देशबीच महत्त्वपूर्ण सहमति तथा समझदारीपत्र आदानप्रदान र संयुक्त पत्रकार सम्मेलन।

▪ दिउँसो ➔ प्रधानमन्त्री मोदीद्वारा आयोजित औपचारिक दिवाभोजमा सहभागी।

 

▪ दिउँसो ३:१५ बजे ➔ राष्ट्रपति निवासमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता।

 

▪ साँझ ४:५० बजे ➔ नयाँ दिल्लीबाट स्वदेश प्रस्थान (साँझ ६:३५ बजे काठमाडौं अवतरण)।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार