नेपाल बैंकद्वारा नाडा अटो शोलाई लक्षित गरी आकर्षक अटो लोन अफर सार्वजनिक
५ भाद्र, २०८३, शुक्रवार
- बैंकले सबैखाले नयाँ निजी तथा व्यापारिक सवारी साधन, विद्युतीय वा अन्य जुनसुकै ब्राण्डका सवारी साधन खरिद गर्न चाहने ग्राहकहरूलाई सहज, सरल र प्रतिस्पर्धी वित्तीय सुविधा उपलब्ध गराउने उद्देश्यले यो योजना ल्याएको हो।
काठमाडौं, भाद्र ५: नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आगामी भदौ ९ गतेदेखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुन गइरहेको नाडा अटो शो २०२६ लाई लक्षित गर्दै ग्राहकहरूका लागि विशेष तथा आकर्षक अटो लोन अफर सार्वजनिक गरेको छ।
बैंकले सबैखाले नयाँ निजी तथा व्यापारिक सवारी साधन, विद्युतीय वा अन्य जुनसुकै ब्राण्डका सवारी साधन खरिद गर्न चाहने ग्राहकहरूलाई सहज, सरल र प्रतिस्पर्धी वित्तीय सुविधा उपलब्ध गराउने उद्देश्यले यो योजना ल्याएको हो। यस योजना अन्तर्गत नाडा अटो शोमा सहभागी भई नेपाल बैंकमार्फत कर्जा लिने ग्राहकहरूले बैंकको आधार दरमा केवल ०.४९ प्रतिशत मात्र थप गरी हुन आउने आकर्षक ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्नेछन्। यसका साथै, कर्जा उपभोग गर्दा प्रशासनिक शुल्कमा छुट दिँदै ०.५ प्रतिशत मात्र सेवा शुल्क तोकिएको छ भने कर्जा लिने ग्राहकले विना कुनै शुल्क रु. तीन लाखसम्मको 'लाइफटाइम' क्रेडिट कार्डको सुविधासमेत प्राप्त गर्न सक्ने बैंकका प्रमुख सूचना अधिकारी प्रतिभा डंगोलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
नेपाल बैंकले नाडा अटो शोमा सहभागी हुने सम्पूर्ण ग्राहकवर्ग तथा आम सर्वसाधारणलाई नजिकैको शाखामा पुगी यस नवीनतम सवारी कर्जा सुविधाबारे आवश्यक जानकारी लिन अनुरोधसमेत गरेको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
ऊर्जा क्षेत्रको परियोजना कार्यान्वयनका जटिलता पहिचान गर्न उच्चस्तरीय समिति गठन
-
सर्वोच्च अदालतमा चार न्यायाधीश सिफारिस
-
काँग्रेस उपसभापतिमा चन्द्र भण्डारीसहितको उम्मेदवारी दर्ता
-
रामेछापमा कमेरो माटो निकाल्ने क्रममा ढिस्को खस्दा एक जनाको मृत्यु
-
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हाल्जेनलाई प्रदान
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।