राष्ट्र बैंकको नयाँ व्यवस्था: बैंक तथा वित्तीय संस्थामा अतिरिक्त काम गराए ओभरटाइम भुक्तानी दिनुपर्ने
२०८३ जेठ १० आईतवार
- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीको कामको समय र अतिरिक्त श्रमसम्बन्धी व्यवस्थामा परिवर्तन गरेको छ ।
काठमाण्डौ, १० जेठ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीको कामको समय र अतिरिक्त श्रमसम्बन्धी व्यवस्थामा परिवर्तन गरेको छ ।
एकीकृत निर्देशन २०८२ संशोधन गर्दै राष्ट्र बैंकले अब कर्मचारीलाई कार्यालय समयभन्दा बाहिर काममा लगाउँदा अनिवार्य रूपमा अतिरिक्त पारिश्रमिक दिनुपर्ने र बाध्य पार्न नपाइने नयाँ व्यवस्था गरेको हो ।
यसअघि निर्देशन नम्बर १४ को बुँदा नम्बर ३ मा बैंक तथा वित्तीय संस्थाको सञ्चालन समयलाई राष्ट्र बैंकको कार्यसमयसँग मिलाउनुपर्ने व्यवस्था मात्र उल्लेख थियो । जसका कारण बैंक तथा वित्तीय संस्थालाई अतिरिक्त समय वा सार्वजनिक बिदामा सञ्चालन गर्नुपर्दा केवल जानकारी दिने व्यवस्था मात्र थियो भने कर्मचारीको ओभरटाइम वा अतिरिक्त कामबारे स्पष्ट व्यवस्था थिएन ।
नयाँ संशोधित व्यवस्थामा राष्ट्र बैंकले भनेको छ- 'इजाजतपत्रप्राप्त संस्थाले कर्मचारीलाई प्रचलित कानूनअनुसार मात्र अतिरिक्त समयमा काममा लगाउनु पर्नेछ । अतिरिक्त समयमा काम गराउँदा प्रचलित व्यवस्थाबमोजिम अतिरिक्त पारिश्रमिक दिनुपर्नेछ र कर्मचारीलाई बाध्य पार्न पाइने छैन ।'
यस संशोधनसँगै बैंक तथा वित्तीय संस्थाले अब अतिरिक्त समय कर्मचारीलाई काम गराएमा अनिवार्य ओभरटाइम भुक्तानी दिनुपर्ने भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
ऊर्जा क्षेत्रको परियोजना कार्यान्वयनका जटिलता पहिचान गर्न उच्चस्तरीय समिति गठन
-
सर्वोच्च अदालतमा चार न्यायाधीश सिफारिस
-
काँग्रेस उपसभापतिमा चन्द्र भण्डारीसहितको उम्मेदवारी दर्ता
-
रामेछापमा कमेरो माटो निकाल्ने क्रममा ढिस्को खस्दा एक जनाको मृत्यु
-
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हाल्जेनलाई प्रदान
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।