कालंगा हाइड्रोको सर्वसाधारणका लागि आइपिओ आजदेखि खुला

२०८३ जेठ ०८ शुक्रवार
सारांश
  • कालंगा हाइड्रोले आजदेखि सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको छ ।

काठमाण्डौ, ०८ जेठ । कालंगा हाइड्रोले आजदेखि सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको छ ।

 

कम्पनीले जारी पुँजी १ अर्ब ४० करोडको ३५ प्रतिशत अर्थात् ४९ करोड बराबर प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ४९ लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । यसमध्ये आयोजना प्रभावितलाई १४ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ३ लाख ५० हजार कित्ता बाँडफाँट गरिसकेको छ। कम्पनीले बाँकी सेयरमध्ये सामूहिक लगानी कोषलाई १ लाख ७५ हजार कित्ता र कम्पनीमा कार्यरत कर्मचारीका लागि १ लाख ५ हजार कित्ता सुरक्षित गरी बाँकी रहने २८ लाख ७० हजार कित्ता आइपिओ सर्वसाधारणमा निष्कासन गरेको हो ।

 

न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिनेछ । जेठ १३ सम्म मागभन्दा कम आवेदन परेमा आवेदन अवधि जेठ २२ गतेसम्म थप हुने कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले जानकारी दिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार