- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका लागि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आज भिड्दै छन् ।
काठमाण्डौ, ०५ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका लागि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आज भिड्दै छन् । फाइनल खेल आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ। खेल साँझ ५ बजे सुरु हुनेछ ।
एनपीएलका अघिल्ला दुई संस्करणमा पनि सुदूरपश्चिम रोयल्स फाइनल पुगेको थियो । पहिलो संस्करणको फाइनलमा सुदूरपश्चिमलाई हराउँदै जनकपुर बोल्ट्सले उपाधि जितेको थियो । सन् २०२४ डिसेम्बर २१ मा भएको फाइनलमा जनकपुरले सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य १९.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको थियो । सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर १८४ रन बनाएको थियो ।
दोस्रो संस्करणमा पनि सुदूरपश्चिम फाइनलसम्म पुगेको थियो । सन् २०२५ डिसेम्बर १३ मा भएको फाइनलमा सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनी लायन्सले पहिलो पटक उपाधि जितेको थियो । उक्त खेलमा सुदूरपश्चिम १९.१ ओभरमा ८५ रनमा समेटिएको थियो भने लुम्बिनीले ९ ओभरमै चार विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । यससँगै सुदूरपश्चिम लगातार दुई संस्करणमा उपविजेतामा सीमित भएको थियो ।
तेस्रो संस्करणमा लुम्बिनीले आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै लिग चरणमा शीर्ष स्थान हासिल गरेको थियो । ११ अंकसहित पहिलो स्थानमा रहेको लुम्बिनीले पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई नै ६ विकेटले पराजित गर्दै सिधै फाइनलमा स्थान बनाएको हो । यस संस्करणमा लिग चरणमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई हराएको थियो ।यता, पहिलो क्वालिफायरमा पराजित भएपछि सुदूरपश्चिमले फाइनल पुग्न दोस्रो क्वालिफायर खेल्नुपरेको थियो ।
बिहीबार भएको खेलमा चितवन राइनोजलाई तीन विकेटले पराजित गर्दै सुदूरपश्चिमले लगातार तेस्रो पटक फाइनलमा स्थान सुरक्षित गरेको हो । यससँगै सुदूरपश्चिमले पहिलो पटक एनपीएल उपाधि जित्ने अवसर पाएको छ भने साविक विजेता लुम्बिनी लगातार दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा छ ।
अब शनिबार हुने फाइनलले एनपीएलको नयाँ इतिहास बनाउनेछ । लुम्बिनीले उपाधि रक्षा गर्दै दोस्रो पटक च्याम्पियन बन्नेछ वा सुदूरपश्चिमले लगातार दुई फाइनलमा भोगेको हारको सिलसिला तोड्दै पहिलो उपाधि जित्नेछ भन्ने निर्णय मैदानमा हुनेछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
शान्ति सम्झौताका बाँकी काम तत्काल पूरा गर्न प्रचण्डको आग्रह
-
एन्फाको निलम्बन फुकुवाको प्रक्रिया अघि बढेको मन्त्री पोखरेलको दाबी
-
नेपाल–भारत स्टार्टअप साझेदारीका लागि बलियो नीतिगत ढाँचा आवश्यक : डा. शालिग्राम पराजुली
-
रोनाल्डोको गोलका बाबजुद अल नासर पराजित
-
घोप्टेभिरको पहिरो हटाउन आजदेखि नागढुंगा–मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।