महेला जयवर्धने दिल्ली क्यापिटल्सको क्रिकेट निर्देशक नियुक्त

४ मार्ग, २०८३
सारांश
  • जयवर्धनेले दिल्ली क्यापिटल्ससँगै दुबई क्यापिटल्स र द हन्ड्रेडको टोली साउदर्न ब्रेभको क्रिकेट सञ्चालन, रणनीति, खेल प्रदर्शन तथा खेलाडी विकासको जिम्मेवारी सम्हाल्नेछन् ।

काठमाडौँ : श्रीलंकाका पूर्वकप्तान महेला जयवर्धने दिल्ली क्यापिटल्सको क्रिकेट निर्देशक नियुक्त भएका छन् । जीएमआर स्पोर्ट्सले उनलाई तत्काल लागू हुने गरी जिम्मेवारी दिएको हो ।

 

जयवर्धनेले दिल्ली क्यापिटल्ससँगै दुबई क्यापिटल्स र द हन्ड्रेडको टोली साउदर्न ब्रेभको क्रिकेट सञ्चालन, रणनीति, खेल प्रदर्शन तथा खेलाडी विकासको जिम्मेवारी सम्हाल्नेछन् । उनले सन् २०२७ र २०२८ मा दिल्ली क्यापिटल्सको महिला टोलीको जिम्मेवारीसमेत पाउनेछन् ।

 

यसअघि मुम्बई इन्डियन्सको मुख्य प्रशिक्षक रहेका जयवर्धनेले सन् २०२६ को आईपीएलपछि उक्त टोली छाडेका थिए । उनको नियुक्तिसँगै दिल्ली क्यापिटल्सले क्रिकेट निर्देशक वेणुगोपाल राव र बलिङ प्रशिक्षक मुनाफ पटेलसँगको सहकार्य अन्त्य गरेको छ ।

 

जयवर्धनेको पहिलो जिम्मेवारी नोभेम्बर २१ देखि संयुक्त अरब इमिरेट्समा सुरु हुने अन्तर्राष्ट्रिय टी–२० लिग हुनेछ । त्यसपछि उनले जनवरी ७ देखि भारतमा सुरु हुने महिला प्रिमियर लिगमा दिल्लीको महिला टोली सम्हाल्नेछन् । दिल्लीको महिला टोली यसअघिका चारै संस्करणमा उपविजेता बनेको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार