- बुधबार जोहानेसबर्गमा भएको खेलमा खराब प्रकाशका कारण खेल रोकिएपछि अम्पायरको निर्णयप्रति असन्तुष्टि जनाउँदै आक्रामक व्यवहार गरेको भन्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले उनलाई कारबाही गरेको हो ।
काठमाडौँ : दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्ट क्रिकेटका क्रममा आचारसंहिता उल्लङ्घन गरेको भन्दै बंगलादेशका खेलाडी तौहिद हृदोयलाई खेल शुल्कको ४० प्रतिशत जरिवाना गरिएको छ ।
बुधबार जोहानेसबर्गमा भएको खेलमा खराब प्रकाशका कारण खेल रोकिएपछि अम्पायरको निर्णयप्रति असन्तुष्टि जनाउँदै आक्रामक व्यवहार गरेको भन्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले उनलाई कारबाही गरेको हो ।
हृदोयले खेलका क्रममा अम्पायरको निर्णयप्रति असन्तुष्टि देखाउनेसम्बन्धी आचारसंहिताको नियम उल्लङ्घन गरेका थिए । उनको अनुशासन अभिलेखमा दुई नकारात्मक अङ्कसमेत थपिएको छ ।
उनले आफ्नो गल्ती स्वीकार गर्दै प्रस्तावित कारबाही मानेपछि औपचारिक सुनुवाइ गर्नुपरेन । पछिल्लो २४ महिनामा यो उनको पहिलो गल्ती हो ।
दुई खेलको टेस्ट शृङ्खलाअन्तर्गत पहिलो खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई ९ विकेटले पराजित गरेको थियो । दोस्रो टेस्ट नोभेम्बर २३ देखि सेन्चुरियनमा सुरु हुनेछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
राजस्व चुहावट रोक्न कुनै कसर बाँकी नराख्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको निर्देशन
-
२६ रनमै समेटियो नेपाल, भारत ए सँग लज्जास्पद हार
-
भारत ए ले नेपाललाई दियो ३३३ रनको लक्ष्य
-
प्रधानमन्त्रीको भारत भ्रमण सानातिना बिषयमा होइन, सद्भाव र बलियो ‘नेगोसिएसन’ को आधार तयार गर्न केन्द्रित हुनुपर्छ : राजन शर्मा
-
यस्तो छ प्रधानमन्त्रीको भारत भ्रमणको टाइमलाइन
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।