- विश्व चलचित्र क्षेत्रमा सबैभन्दा प्रतिष्ठित मानिने ओस्कार २०२६ को संस्करण १५ मार्चमा अमेरिकाको लस एन्जलसस्थित डल्बी थिएटरमा आयोजना हुँदैछ ।
काठमाण्डौ, ३० फाल्गुण । विश्व चलचित्र क्षेत्रमा सबैभन्दा प्रतिष्ठित मानिने ओस्कार २०२६ को संस्करण १५ मार्चमा अमेरिकाको लस एन्जलसस्थित डल्बी थिएटरमा आयोजना हुँदैछ । नेपालमा भने यो समारोह १६ मार्च बिहान साढे चार बजेदेखि हेर्न सकिने बताइएको छ । हरेक वर्षझैँ यसपटक पनि दर्शकहरू समारोहको प्रतीक्षामा छन् ।
चलचित्र क्षेत्रको ठूलो सम्मान मानिने यस समारोहमा विगतमा केही विवादित घटनाहरू पनि भएका छन्, जसले निकै चर्चा पाएका थिए ।
सन् २०२२ को समारोहमा अभिनेता विल स्मिथले प्रस्तोता क्रिस रकलाई मञ्चमै थप्पड हानेपछि ठूलो विवाद भएको थियो । क्रिस रकले विल स्मिथकी श्रीमतीको टाउकोका बारेमा मजाक गरेपछि स्मिथ मञ्चमा गएर उनलाई थप्पड हानेका थिए । त्यसको केहीबेरपछि विल स्मिथले चलचित्र ‘किंग रिचर्ड’ का लागि उत्कृष्ट अभिनेताको पुरस्कार पाएका थिए र उनले मञ्चबाट माफी मागेका थिए ।
सन् २०२१ को समारोहमा फ्रान्सेली अभिनेत्री कोरिन मासेरियोले मञ्चमै कपडा उतारेपछि पनि विवाद भएको थियो । फ्रान्स सरकारको विरोध जनाउन उनले यस्तो कदम चालेकी थिइन्। पुरस्कार लिन मञ्चमा पुगेपछि उनले कपडा उतार्दा शरीरमा विभिन्न नारा लेखिएको देखिएको थियो ।
सन् २०१७ मा उत्कृष्ट चलचित्रको घोषणा गर्दा गल्ती भएको घटना पनि निकै चर्चामा रह्यो । सुरुमा चलचित्र ‘ला ला ल्यान्ड’ को नाम घोषणा गरिए पनि केही समयपछि वास्तविक विजेता चलचित्र ‘मूनलाइट’ भएको जानकारी दिँदै आयोजकले माफी मागेका थिए । सन् २००३ मा अभिनेता एड्रियन ब्रुडीले पुरस्कार ग्रहण गर्ने क्रममा अभिनेत्री हेल बेरीलाई मञ्चमै चुम्बन गरेपछि पनि विवाद भएको थियो । ब्रुडीले चलचित्र ‘दि पियानिस्ट’ का लागि उत्कृष्ट अभिनेताको पुरस्कार पाएका थिए ।
सन् २००० मा समारोह हुनुभन्दा करिब २० दिनअघि ५५ वटा अवार्ड बोकेको ट्रक चोरी भएको घटना पनि चर्चामा आएको थियो । त्यसपछि हतारमा नयाँ अवार्ड तयार पारिएको थियो । केही दिनपछि फोहोरको थुप्रोमा ५२ वटा अवार्ड भेटिए पनि बाँकी केही अझै हराइरहेका छन् । अर्को चर्चित घटना अभिनेता मार्लन ब्रान्डोसँग सम्बन्धित छ। उनले चलचित्र ‘अन द वाटरफ्रन्ट’ का लागि पाएको उत्कृष्ट अभिनेताको पुरस्कार पछि घरबाटै चोरी भएको थियो ।
त्यस्तै, ओस्कार पुरस्कार अभिनेता लियोनार्डो डिकाप्रियोलाई उपहारस्वरूप दिइएको थियो, तर धोखाधडीसम्बन्धी अनुसन्धानपछि उनले उक्त पुरस्कार अधिकारीलाई फिर्ता गर्नुपरेको थियो । त्यस्तै सन् २००० कै समारोहमा अभिनेत्री एन्जेलिना जोलीले रातो गलैँचामा आफ्नै भाइलाई सार्वजनिक रूपमा चुम्बन गरेपछि पनि ठूलो आलोचना भएको थियो। यी घटनाहरूका कारण पुरस्कार समारोह बेलाबेला विवाद र चर्चाको केन्द्रमा पर्ने गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
मध्यपूर्वको युद्ध, तेलको मूल्य वृद्धि र समुन्द्री मार्ग होर्मुजको रणनैतिक महत्व
यो जलमार्ग करिब ५० किलोमिटर (३१ माइल) चौडा प्रवेशद्वारबाट सुरु हुन्छ र यसको सबैभन्दा साँघुरो बिन्दु मात्र ३३ किलोमिटर चौडा छ। यही साँघुरो गलियाराले फारसको खाडीलाई अरब सागरसँग जोड्छ।