धुरन्धरकै शैलीमा राजामौलीको 'वाराणसी' पनि दुई भागमा रिलिज हुने
२०८२ चैत्र १४ शनिवार
- यो फिल्म हालसम्मकै सबैभन्दा महँगो भारतीय फिल्म बन्ने अनुमान गरिएको छ । यस फिल्मको बजेट १२ सयदेखि १४ सय करोड भारु रहेको बताइएको छ ।
काठमाण्डौ, १४ चैत्र । बलिवुडमा धुरन्धरले नयाँ ट्रेन्ड सेट गरेको छ । यसअघि ३ घण्टाभन्दा लामो फिल्म हलमा चलाउन गाह्रो हुने मान्यतालाई धुरन्धरले ब्रेक गरेपछि अब अन्य निर्माता-निर्देशकहरु पनि ठुलो बजेटका फिल्मलाई दुई भागमा रिलिज गर्ने तयारीमा जुटेका छन् ।
यसैक्रममा प्रसिद्ध निर्देशक एस एस राजामौलीको नयाँ फिल्म ‘वाराणसी’ लाई दुई भागमा प्रदर्शन गर्ने तयारी गरिएको छ । यो फिल्म हालसम्मकै सबैभन्दा महँगो भारतीय फिल्म बन्ने अनुमान गरिएको छ । यस फिल्मको बजेट १२ सयदेखि १४ सय करोड भारु रहेको बताइएको छ ।
तीन घण्टाभन्दा बढी समय भए पनि कथा पूरा गर्न पर्याप्त नहुने भएकाले चलचित्रलाई दुई भागमा विभाजन गर्ने निर्णय गरिएको रिपोर्टमा उल्लेख छ । ‘धुरन्धर’ मा अपनाइएको यो ढाँचाले राम्रो सफलता पाएकाले राजामौली र उनको टोलीले पनि त्यही शैली रोजेको बताइएको छ । यद्यपि यो सिक्वेल नभई एउटै कथा दुई भागमा प्रस्तुत गरिने स्पष्ट गरिएको छ ।
फिल्ममा महेश बाबु, प्रियंका चोपडा र पृथ्वीराज सुकुमारन मुख्य भूमिकामा छन् । ठूलो बजेटमा निर्माण भइरहेको यो चलचित्रको छायांकन भने वाराणसीमा नभई हैदराबादमा गरिएको छ ।
निर्माताहरूले हैदराबादमै वाराणसीको विशाल सेट निर्माण गरेका छन्, जसमा रत्नेश्वर महादेव मन्दिरको प्रतिकृति समेत तयार पारिएको छ । विगत र वर्तमान समयका दृश्य देखाउनका लागि ठूलो मन्दिर सेट बनाइएकामा केही भागलाई पानीमा डुबाएर दृश्यांकन गरिने जनाइएको छ ।
यो सेट अस्थायी भएकाले छायांकन सकिएपछि हटाइनेछ । भाडामा लिएको जमिनमा निर्माण गरिएको भएकाले स्थायी रूपमा राखिने छैन ।
चलचित्रको कथा विभिन्न समयरेखामा आधारित हुने बताइएको छ, जसमा प्राचीन र आधुनिक दुवै पक्ष समेटिनेछ । अभिनेत्री प्रियंका चोपडाका अनुसार चलचित्रमा ईसा पूर्व ७२०० देखि सन् २०२७ सम्मको समयावधि समेटिनेछ, जसले कथालाई अझ रोचक बनाउनेछ ।
‘वाराणसी’ चलचित्र सन् २०२५ मा हैदराबादमा भव्य कार्यक्रमबीच सार्वजनिक गरिएको थियो । केही दृश्य विदेशमा समेत छायांकन गरिएको छ ।
यो चलचित्र सन् २०२७ अप्रिल ५ मा प्रदर्शन गर्ने तालिका रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भारतीय सेनाध्यक्ष सेठबाट शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण
-
युक्रेनलाई ड्रोन दिएको भन्दै बेलायतलाई रुसको चेतावनी
-
इमरानलाई ४८ घण्टाभित्र अस्पताल भर्ना गर्न पाकिस्तानी सर्वोच्च अदालतको आदेश
-
१५औँ महाधिवेशन बारे काँग्रेसले के के निर्णय गर्यो ?
-
नेप्से १९.३४ अंकले घट्यो, ५ अर्ब ७ करोडको कारोबार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।