- अमेरिकी गायिका टेलर स्विफ्ट आफ्नो नयाँ एल्बमका कारण कानुनी विवादमा परेकी छन् ।
काठमाण्डौ, १७ चैत्र । अमेरिकी गायिका टेलर स्विफ्ट आफ्नो नयाँ एल्बमका कारण कानुनी विवादमा परेकी छन् । लस भेगासकी गायिका तथा लेखिका मारेन वेडले एल्बमको नाम आफ्नो दर्ता गरिएको पहिचानसँग मिल्दोजुल्दो भएको भन्दै अदालतमा मुद्दा दायर गरेकी हुन् । वेडले उक्त नामले उनको स्थापित पहिचानमा असर पुगेको दाबि गरेकी छन् ।
क्यालिफोर्नियाको संघीय अदालतमा दायर मुद्दामा वेडले नाम दुरुपयोग, गलत नामकरण र अनुचित प्रतिस्पर्धाको आरोप लगाएकी छन् । उनले क्षतिपूर्ति माग गर्नुका साथै सो नाम प्रयोगमा रोक लगाउन अदालतसँग आदेशको माग गरेकी छन् ।
वेड एकल प्रस्तोता हुन् र उनी एक चर्चित प्रतिभा कार्यक्रममा समेत सहभागी भइसकेकी छन् । उनले आफ्नो पहिचान निर्माण गर्न दशकभन्दा बढी समय खर्चिएको बताएकी छन् । सन् २०१४ देखि उनले एक पत्रिकामा आफ्नो अनुभव समेटिएको स्तम्भ लेख्दै आएकी छन्, जुन पछि कार्यक्रम, सङ्गीत प्रस्तुति र अन्य माध्यममा विस्तार भएको छ ।
उक्त एल्बम गत वर्ष सार्वजनिक गरिएको थियो । उजुरीमा एल्बमको नाम विभिन्न वस्तु, लेबल र प्याकेजिङमा प्रयोग गरी दर्शक समूहलाई लक्षित गरिएको उल्लेख छ, जसलाई वेडले वर्षौंदेखि बनाएकी थिइन् ।
मुद्दामा जनाइए अनुसार सो नाम दर्ता गराउने प्रयास गर्दा समानता देखिएकै कारण आवेदन अस्वीकृत भएको थियो । दुवै नाममा एउटै शब्द समूह प्रयोग भएकाले दर्शक तथा श्रोतामा भ्रम उत्पन्न हुने दाबी गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
यस्तो छ जितिया पर्वको पौराणिक प्रसङ्ग
तिथिको समयमा हेरफेर भएको अवस्थामा वर्तालुलाई ३६ घण्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ । उपवासको अवधिमा थुक पनि निल्न नहुने मान्यता छ । तर, यसपल्ट उपवासको अवधि सोमबार बिहान ३ बजेदेखि शुरु भई बुधबार बिहान ८ बजेसम्म अर्थात करीब २९ घण्टा रहेको छ ।