- बलिवुड अभिनेता रणवीर सिंह अभिनित धुरन्धर-२ ले भारतीय बक्स अफिसमा शानदार कमाई गर्नेक्रम जारी रहेको छ ।
काठमाण्डौ, १६ चैत्र । बलिवुड अभिनेता रणवीर सिंह अभिनित धुरन्धर-२ ले भारतीय बक्स अफिसमा शानदार कमाई गर्नेक्रम जारी रहेको छ ।
प्राप्त अपडेट अनुसार फिल्मले रिलिजको ११ दिनमा ८१३ करोड भारु कमाई गरेको छ । बलिवुड फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले रिलिजको पहिलो साता (आठ दिन) मा ६४९ करोड कमाएको थियो भने दोस्रो साताको तीन दिनमा १६४ करोड कमाई गरेर आइतबारसम्म कुल ८१३ करोड कमाई गरेको छ ।
फिल्मले रिलिजको दोस्रो शुक्रबार ३८ करोड, शनिबार ६० करोड र आइतबार ६६ करोड कमाई गरेको छ । फिल्मले अहिलेसम्म सबैभन्दा छिटो २ सय करोड देखि ८ सय करोडसम्म कमाएको नयाँ किर्तिमान बनाएको छ ।
त्यस्तै दोस्रो साताको विकइन्डमा धेरै कमाउने रेकर्ड पनि धुरन्धर-२ ले बनाएको छ । दोस्रो विकइन्डमा धुरन्धर-२ ले १६४ करोड कमाएको छ भने यसअघि धुरन्धरले १४६.६० करोड कमाएको थियो । त्यस्तै पुष्पा-२ ले १२८ करोड कमाएको थियो र छावाले १०९.२३ करोड कमाएको थियो । त्यस्तै धुरन्धर-२ ले भारतभन्दा बाहिर पनि करिब ३ सय करोड कमाई गरेको छ ।
धुरन्धर- २ फिल्म ३ घण्टा ४९ मिनेटको रहेको छ । जुन बलिवुडको सबैभन्दा दोस्रो लामो फिल्म भनिएको छ । यसअघिको सबैभन्दा लामो फिल्म जेपी दत्ताको २००३ मा रिलिज भएको फिल्म एलओसी कारगिल ४ घण्टा १५ मिनेट लामो थियो ।
धुरन्धर २ मा रणवीर सिंह, अर्जुन रामपाल, संजय दत्त र आर. माधवनले अभिनय गरेका छन् । आदित्य धरले फिल्म लेखेका छन् र निर्देशन गरेका छन् । त्यस्तै फिल्मको निर्माण पनि उनले नै गरेका हुन् । यो फिल्म जियो स्टुडियोद्वारा प्रस्तुत गरिएको हो र बि ६२ स्टुडियोको ब्यानरमा निर्माण गरिएको हो । धुरन्धरको पहिलो भागले ८३६ करोड कमाई गरेर बलिवुडकै अहिलेसम्मको सर्बाधिक कमाई गर्ने फिल्म बनेको थियो । फिल्मले विश्वभर लगभग १३ सय करोड भारु कमाएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।