बलिउडका चर्चित गायक विनोद राठोड र अनीश ओकेली एउटै मन्चमा प्रस्तुति दिने
२०८२ चैत्र ७ शनिवार
- ‘बाजीगर’ र ‘दिवाना’ जस्ता चलचित्रका सदाबहार गीतहरूमा स्वर दिएका राठोडले ‘ऐसी दीवानगी’ र ‘छुपाना भी नही आता’ जस्ता गीतहरू प्रस्तुत गर्नेछन् ।
काठमाण्डौ, ०७ चैत्र । नेपालको मुटुमा सन् ९० को दशकको सुमधुर संगीतको युग फर्कँदैछ । आगामी अप्रिल ८, २०२६ मा म्याड इन्टरटेनमेन्टले ठमेलस्थित विश्वप्रसिद्ध क्लब ‘एलओडी’मा चर्चित दुई संगीतका हस्तीलाई मन्चमा उतार्ने भएको हो ।
यस विशेष साङ्गीतिक यात्रामा दुई हस्तीहरू-बलिउडका दिग्गज गायक विनोद राठोड र नेपाली पप आइकन अनीश ओकेली-एउटै मञ्चमा देखिनेछन् । ‘बाजीगर’ र ‘दिवाना’ जस्ता चलचित्रका सदाबहार गीतहरूमा स्वर दिएका राठोडले ‘ऐसी दीवानगी’ र ‘छुपाना भी नही आता’ जस्ता गीतहरू प्रस्तुत गर्नेछन् ।
आयोजक संस्था म्याड इन्टरटेनमेन्टका संस्थापक मनिष अधिकारीका अनुसार राठोडसँगै नेपाली तन्नेरी पुस्ताका ढुकढुकी अनीश ओकेलीले ‘मेरी ओकेली’ र ‘गुलाबी जादू’ जस्ता आफ्ना चर्चित गीतहरूबाट दर्शकलाई नचाउनेछन् ।
साँझ ८ बजे सुरु हुने कार्यक्रममा व्यावसायिक ‘डीएनबी’ अडियोटेक्निक साउन्ड सिस्टम ३६० डिग्री स्टेज भ्यु सहितको क्लबमा ९० को दशकका सङ्गीत प्रेमीहरूले एक अविस्मरणीय साङ्गीतिक अनुभव दिलाउन लागेको अधिकारीले जानकारी दिए । ‘यो नेपालका लागि दुर्लभ साङ्गीतिक कार्यक्रम हुनेछ । किनकि विश्वका उत्कृष्ट १०० क्लबहरूको सूचीमा ४४औँ स्थानमा रहेको एलओडीमा स्टार कलाकारहरूको साथमा यस्तो भव्य प्रस्तुति साँचै दुर्लभ र अविस्मरणीय बनाउने प्रयासमा छौँ,’ अधिकारीले भने ।
बलिउडका चर्चित गायक विनोद राठोडले सुपरस्टार कलाकारहरू शाह रुख खान, सलमान खान र सञ्जय दत्तको स्टारडम पछाडिको आवाज दिइसकेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
यस्तो छ जितिया पर्वको पौराणिक प्रसङ्ग
तिथिको समयमा हेरफेर भएको अवस्थामा वर्तालुलाई ३६ घण्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ । उपवासको अवधिमा थुक पनि निल्न नहुने मान्यता छ । तर, यसपल्ट उपवासको अवधि सोमबार बिहान ३ बजेदेखि शुरु भई बुधबार बिहान ८ बजेसम्म अर्थात करीब २९ घण्टा रहेको छ ।