- बलिवुड अभिनेता रणवीर सिंह अभिनित धुरन्धर-२ ले रिलिजको पहिलो दिन कीर्तिमानी कमाई गरेको छ ।
काठमाण्डौ, ०७ चैत्र । बलिवुड अभिनेता रणवीर सिंह अभिनित धुरन्धर-२ ले रिलिजको पहिलो दिन कीर्तिमानी कमाई गरेको छ । फिल्मले रिलिजको दुई दिनमा १८८ करोड भारू नेट कमाई गरेको छ ।
बलिवुड फिल्म विश्लेषकहरुले धुरन्धर-२ ले पहिलो दिन कलेक्सन र पेड प्रिभ्युबाट ४७ करोड गरेर १४४ करोड भारु कमाई गरेको थियो भने दोस्रो दिन ७० करोड कमाई गरेको छ । फिल्मले दुई दिनमा भारतीय बक्स अफिसमा २१४ करोड भारु कमाई गरेको छ ।
धुरन्धर- २ फिल्म ३ घण्टा ४९ मिनेटको रहेको छ । जुन बलिवुडको सबैभन्दा दोस्रो लामो फिल्म भनिएको छ । यसअघिको सबैभन्दा लामो फिल्म जेपी दत्ताको २००३ मा रिलिज भएको फिल्म एलओसी कारगिल ४ घण्टा १५ मिनेट लामो थियो ।
धुरन्धर २ मा रणवीर सिंह, अर्जुन रामपाल, संजय दत्त र आर. माधवनले अभिनय गरेका छन् । आदित्य धरले फिल्म लेखेका छन् र निर्देशन गरेका छन् । त्यस्तै फिल्मको निर्माण पनि उनले नै गरेका हुन् । यो फिल्म जियो स्टुडियोद्वारा प्रस्तुत गरिएको हो र बि ६२ स्टुडियोको ब्यानरमा निर्माण गरिएको हो ।
धुरन्धरको पहिलो भागले ८३६ करोड कमाई गरेर बलिवुडकै अहिलेसम्मको सर्बाधिक कमाई गर्ने फिल्म बनेको थियो । फिल्मले विश्वभर लगभग १३ सय करोड भारु कमाएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
यस्तो छ जितिया पर्वको पौराणिक प्रसङ्ग
तिथिको समयमा हेरफेर भएको अवस्थामा वर्तालुलाई ३६ घण्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ । उपवासको अवधिमा थुक पनि निल्न नहुने मान्यता छ । तर, यसपल्ट उपवासको अवधि सोमबार बिहान ३ बजेदेखि शुरु भई बुधबार बिहान ८ बजेसम्म अर्थात करीब २९ घण्टा रहेको छ ।