निर्मल पुर्जालाई सम्झिदै गगन थापाले भने- तपाईंको विरासत पुस्तौँसम्म प्रेरणाको स्रोत बन्नेछ
१६ श्रावण, २०८३, शनिवार
- सभापति थापाले ब्रोड पिक दुर्घटनामा ज्यान गुमाएका पुरबहादुर ‘युक्ता’ गुरुङ, किली पेम्बा ‘किलु’ शेर्पा, निमा शेर्पा, नावाङ थिन्दु शेर्पा, ग्यालु शेर्पा, सोहेल साखी, म्यालोरी गाइस, नधिरा अल हार्थी र वाङ झोङलाई पनि स्मरण गरेका छन् ।
काठमाडौं: नेपाली कांग्रेसका सभापति गगन थापाले पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका विश्व कीर्तिमानी आरोही निर्मल ‘निम्सदाइ’ पुर्जासहितका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
थापाले सामाजिक सञ्जालमार्फत सन्देश दिँदै ब्रोड पिकबाट आएको खबरले आफू अत्यन्त दुःखी भएको बताएका छन् ।
उनले लेखेका छन्, 'निम्स, ‘प्रोजेक्ट पोसिबल’ अघि, संसारले तपाईंको नाम चिन्नुअघि र तपाईंले हिमालमा सम्भावनाको परिभाषा नै बदल्नुअघि नै मैले तपाईंलाई भेटेको थिए । तपाईं सधैँजस्तै यसपटक पनि फर्कने बाटो खोज्नुहुन्छ भन्ने मेरो गहिरो विश्वास थियो ।'
थापाले निर्मल पुर्जाको सबैभन्दा ठूलो योगदान केवल कीर्तिमान नभई विश्वले नेपाली पर्वतारोहीलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नु रहेको उल्लेख गरेका छन् ।
उनले पुर्जाले नेपालीहरू केवल आरोहण अभियानका लागि आवश्यक शक्ति मात्र नभई नेतृत्वकर्ता, नयाँ बाटो देखाउने व्यक्ति र पर्वतारोहणको भविष्य परिवर्तन गर्न सक्ने सिर्जनशील शक्ति हुन् भन्ने प्रमाणित गरेको बताएका छन् । 'तपाईंको विरासत पुस्तौँसम्म प्रेरणाको स्रोत बन्नेछ,' थापाले उल्लेख गरेका छन्।
सभापति थापाले ब्रोड पिक दुर्घटनामा ज्यान गुमाएका पुरबहादुर ‘युक्ता’ गुरुङ, किली पेम्बा ‘किलु’ शेर्पा, निमा शेर्पा, नावाङ थिन्दु शेर्पा, ग्यालु शेर्पा, सोहेल साखी, म्यालोरी गाइस, नधिरा अल हार्थी र वाङ झोङलाई पनि स्मरण गरेका छन् ।
उनले प्रत्येक नाम पछाडि साहस, त्याग, सपना र घरमा प्रतीक्षारत परिवारको कथा रहेको उल्लेख गरेका छन् । थापाले दिवङ्गत सबै आरोहीका परिवार, साथीभाइ तथा सम्पूर्ण पर्वतारोहण समुदायप्रति गहिरो समवेदना व्यक्त गर्दै उनीहरू सधैँ स्मरणमा रहने बताएका छन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।