- नेपाल विद्युत् प्राधिकरणले बाढीबाट घर, व्यवसाय तथा उद्योगमा क्षति पुगेका ग्राहकको भदौ महिनादेखिको न्यूनतम विद्युत् महसुल नलिने निर्णय गरेको छ । क्षतिग्रस्त घर तथा संरचनाका विद्युत् मिटरको लगत कट्टा गरिने र पुनः सेवा लिनुपरेमा निःशुल्क नयाँ मिटर उपलब्ध गराइनेछ ।
काठमाडौं: भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा व्यवसायीलाई सरकारले विद्युत् सेवामा तत्काल राहत दिने भएको छ।
नेपाल विद्युत् प्राधिकरणले बाढीबाट घर, व्यवसाय तथा उद्योगमा क्षति पुगेका ग्राहकको भदौ महिनादेखिको न्यूनतम विद्युत् महसुल नलिने निर्णय गरेको छ । क्षतिग्रस्त घर तथा संरचनाका विद्युत् मिटरको लगत कट्टा गरिने र पुनः सेवा लिनुपरेमा निःशुल्क नयाँ मिटर उपलब्ध गराइनेछ ।
बाढी प्रभावित १५ पालिकाका ग्राहकलाई थप महसुल छुट वा सहुलियत दिने विषयमा अध्ययन गर्न प्राधिकरण व्यवस्थापनलाई निर्देशन दिइएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले बताएका छन् ।
प्राधिकरणले अध्ययनका आधारमा यसै साता थप राहतको टुंगो लगाउने तयारी गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
न्यायालयमा देखिएका विकृतिहरू समाधान गर्न संसदबाटै प्रक्रिया अगाडि बढाउने रास्वपाको निर्णय
-
सञ्चारमाध्यममा धरपकड गर्ने कार्य गलत भएको रास्वपाको निष्कर्ष
-
पत्रकार पक्राउ प्रकरणमा सौरभ राज पन्तको टिप्पणी : ‘रुटिन अफ नेपाल बन्द’ पढ्ने पुस्ता र लोकतन्त्रका लागि कलम चलाएको पुस्ताबीच पुस्तान्तरणको द्वन्द्व
-
रवि लामिछानेले बोलाए रास्वपाको सचिवालय बैठक
-
पहिरो र लेदो खसेपछि बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।