मनास्लु आरोहणका लागि ४८० जनाले लिए अनुमति

३१ भाद्र, २०८३, बुधवार
सारांश
  • पर्यटन विभागका अनुसार हिमाल आरोहण अनुमतिबापत १४ लाख ८० हजार ९४३ अमेरिकी डलर अर्थात् २२ करोड ५० लाख ७२ हजार ३३२ रुपैयाँ रोयल्टी संकलन भएको छ । आरोहण अनुमति लिनेमा ४०१ जना पुरुष र १३८ जना महिला रहेका छन् ।

काठमाडौं: सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ५० टोलीका ५३९ जनाले आरोहण अनुमति लिएका छन् ।

 

पर्यटन विभागका अनुसार हिमाल आरोहण अनुमतिबापत १४ लाख ८० हजार ९४३ अमेरिकी डलर अर्थात् २२ करोड ५० लाख ७२ हजार ३३२ रुपैयाँ रोयल्टी संकलन भएको छ । आरोहण अनुमति लिनेमा ४०१ जना पुरुष र १३८ जना महिला रहेका छन् ।

 

सबैभन्दा धेरै आरोही मनास्लु हिमालका लागि रहेका छन् । मनास्लु आरोहणका लागि ४० टोलीका ४८० जनाले अनुमति लिएका छन् । तीमध्ये ३५४ जना पुरुष र १२६ जना महिला छन् । मनास्लुबाट मात्रै १४ लाख ४० हजार अमेरिकी डलर अर्थात् २१ करोड ८८ लाख ४३ हजार २८९ रुपैयाँ रोयल्टी संकलन भएको छ ।

 

त्यस्तै, मकालु हिमाल आरोहणका लागि एक टोलीका तीन जनाले अनुमति लिएका छन् । त्यसबाट ४ हजार ५०० अमेरिकी डलर रोयल्टी संकलन भएको छ । त्यस्तै डाङ्गा हिमाल आरोहणका लागि दुई टोलीका १६ जनाले अनुमति लिएका छन् भने धौलागिरि प्रथम आरोहणका लागि दुई टोलीका १९ जनाले अनुमति लिएको विभागले जानकारी दिएको छ ।

 

त्यसैगरी,  गङ्गापूर्ण पश्चिम आरोहणका लागि एक टोलीका दुई जना, थोराङ पिकका लागि एक टोलीका सात जना, नोर्बु खाङका लागि एक टोलीका दुई जनाले, अन्नपूर्ण चौथोका लागि एक टोलीका चार जना र चाम्लाङ आरोहणका लागि एक टोलीका छ जनाले अनुमति लिएको विभागले जनाएको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार