- पर्यटन विभागका अनुसार हिमाल आरोहण अनुमतिबापत १४ लाख ८० हजार ९४३ अमेरिकी डलर अर्थात् २२ करोड ५० लाख ७२ हजार ३३२ रुपैयाँ रोयल्टी संकलन भएको छ । आरोहण अनुमति लिनेमा ४०१ जना पुरुष र १३८ जना महिला रहेका छन् ।
काठमाडौं: सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ५० टोलीका ५३९ जनाले आरोहण अनुमति लिएका छन् ।
पर्यटन विभागका अनुसार हिमाल आरोहण अनुमतिबापत १४ लाख ८० हजार ९४३ अमेरिकी डलर अर्थात् २२ करोड ५० लाख ७२ हजार ३३२ रुपैयाँ रोयल्टी संकलन भएको छ । आरोहण अनुमति लिनेमा ४०१ जना पुरुष र १३८ जना महिला रहेका छन् ।
सबैभन्दा धेरै आरोही मनास्लु हिमालका लागि रहेका छन् । मनास्लु आरोहणका लागि ४० टोलीका ४८० जनाले अनुमति लिएका छन् । तीमध्ये ३५४ जना पुरुष र १२६ जना महिला छन् । मनास्लुबाट मात्रै १४ लाख ४० हजार अमेरिकी डलर अर्थात् २१ करोड ८८ लाख ४३ हजार २८९ रुपैयाँ रोयल्टी संकलन भएको छ ।
त्यस्तै, मकालु हिमाल आरोहणका लागि एक टोलीका तीन जनाले अनुमति लिएका छन् । त्यसबाट ४ हजार ५०० अमेरिकी डलर रोयल्टी संकलन भएको छ । त्यस्तै डाङ्गा हिमाल आरोहणका लागि दुई टोलीका १६ जनाले अनुमति लिएका छन् भने धौलागिरि प्रथम आरोहणका लागि दुई टोलीका १९ जनाले अनुमति लिएको विभागले जानकारी दिएको छ ।
त्यसैगरी, गङ्गापूर्ण पश्चिम आरोहणका लागि एक टोलीका दुई जना, थोराङ पिकका लागि एक टोलीका सात जना, नोर्बु खाङका लागि एक टोलीका दुई जनाले, अन्नपूर्ण चौथोका लागि एक टोलीका चार जना र चाम्लाङ आरोहणका लागि एक टोलीका छ जनाले अनुमति लिएको विभागले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।