भूमिहीन दाबि गरेका चार जनाको जग्गा भेटियो, कारबाहीको निर्देशन

३१ भाद्र, २०८३, बुधवार
सारांश
  • भूमिहीनका रूपमा गरिएको स्वघोषणालाई भूमि व्यवस्थापन तथा अभिलेख विभागको अभिलेखसँग रुजु गर्दा चार जनाको तथा उनीहरूका परिवारका सदस्यको नाममा जग्गा रहेको भेटिएको समितिले जनाएको छ ।

काठमाडौं: आफू र आफ्नो परिवारको नाममा नेपालभर कुनै जग्गा नभएको भन्दै भूमिहीनका रूपमा स्वघोषणा गरेका चार जनाको नाममा जग्गा रहेको भेटिएपछि भूमि समस्या समाधान समितिले उनीहरूमाथि आवश्यक कारबाही गर्न सम्बन्धित जिल्ला समितिलाई निर्देशन दिएको छ ।

 

भूमिहीनका रूपमा गरिएको स्वघोषणालाई भूमि व्यवस्थापन तथा अभिलेख विभागको अभिलेखसँग रुजु गर्दा चार जनाको तथा उनीहरूका परिवारका सदस्यको नाममा जग्गा रहेको भेटिएको समितिले जनाएको छ ।

 

समितिका अनुसार इलाम, ताप्लेजुङ, झापा र काभ्रेमा उनीहरू तथा परिवारका सदस्यको नाममा जग्गा रहेको सरकारी अभिलेखबाट देखिएको हो ।

 

भूमिहीन सुकुम्बासी तथा भूमिहीन दलितका रूपमा आवेदन दिने व्यक्तिको स्वघोषणा सरकारी अभिलेखसँग रुजु गर्ने क्रममा जग्गा भेटिएपछि कारबाही प्रक्रिया अघि बढाइएको समितिले जनाएको छ ।

 

झुटा विवरण पेस गरी भूमिहीनका लागि उपलब्ध सुविधा लिन खोजेको पुष्टि भएमा भूमिसम्बन्धी ऐन, २०२१ बमोजिम आवश्यक कारबाही गर्न समितिले सम्बन्धित जिल्ला भूमि समस्या समाधान समितिलाई निर्देशन दिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार