भूमिहीन दाबि गरेका चार जनाको जग्गा भेटियो, कारबाहीको निर्देशन

३१ भाद्र, २०८३, बुधवार
सारांश
  • भूमिहीनका रूपमा गरिएको स्वघोषणालाई भूमि व्यवस्थापन तथा अभिलेख विभागको अभिलेखसँग रुजु गर्दा चार जनाको तथा उनीहरूका परिवारका सदस्यको नाममा जग्गा रहेको भेटिएको समितिले जनाएको छ ।

काठमाडौं: आफू र आफ्नो परिवारको नाममा नेपालभर कुनै जग्गा नभएको भन्दै भूमिहीनका रूपमा स्वघोषणा गरेका चार जनाको नाममा जग्गा रहेको भेटिएपछि भूमि समस्या समाधान समितिले उनीहरूमाथि आवश्यक कारबाही गर्न सम्बन्धित जिल्ला समितिलाई निर्देशन दिएको छ ।

 

भूमिहीनका रूपमा गरिएको स्वघोषणालाई भूमि व्यवस्थापन तथा अभिलेख विभागको अभिलेखसँग रुजु गर्दा चार जनाको तथा उनीहरूका परिवारका सदस्यको नाममा जग्गा रहेको भेटिएको समितिले जनाएको छ ।

 

समितिका अनुसार इलाम, ताप्लेजुङ, झापा र काभ्रेमा उनीहरू तथा परिवारका सदस्यको नाममा जग्गा रहेको सरकारी अभिलेखबाट देखिएको हो ।

 

भूमिहीन सुकुम्बासी तथा भूमिहीन दलितका रूपमा आवेदन दिने व्यक्तिको स्वघोषणा सरकारी अभिलेखसँग रुजु गर्ने क्रममा जग्गा भेटिएपछि कारबाही प्रक्रिया अघि बढाइएको समितिले जनाएको छ ।

 

झुटा विवरण पेस गरी भूमिहीनका लागि उपलब्ध सुविधा लिन खोजेको पुष्टि भएमा भूमिसम्बन्धी ऐन, २०२१ बमोजिम आवश्यक कारबाही गर्न समितिले सम्बन्धित जिल्ला भूमि समस्या समाधान समितिलाई निर्देशन दिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?

ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।

थप समाचार