प्रविधिमैत्री संसद्का लागि सबैको अपनत्व आवश्यक- सभामुख अर्याल
३१ भाद्र, २०८३, बुधवार
- डिजिटल संसद् मञ्चमार्फत संसदीय सूचना, दस्तावेज, बैठक, विधेयक तथा ऐतिहासिक अभिलेखलाई एकीकृत रूपमा व्यवस्थापन गरिनेछ। पुराना संसदीय अभिलेखलाई समेत विद्युतीय स्वरूपमा सुरक्षित गर्ने लक्ष्य रहेको सभामुख अर्यालले बताए ।
काठमाडौँ: सभामुख डोलप्रसाद अर्यालले संसद्लाई प्रविधिमैत्री बनाउनु आजको आवश्यकता भएको बताएका छन् । सङ्घीय संसद् सचिवालयले सुरु गरेको ‘डिजिटल संसद् मञ्च’को परीक्षण सञ्चालन उद्घाटन गर्दै उनले प्रणालीलाई प्रभावकारी बनाउन सबै सम्बन्धित पक्षले अपनत्व लिनुपर्ने बताए ।
उनले भने-'यो हाम्रो चाहना मात्र होइन, आजको आवश्यकता हो । विश्व तीव्र गतिमा प्रविधिको युगमा प्रवेश गरिरहेको छ । अब हामी थप ढिला गर्नुहुँदैन । यसबाट सयौँ वर्षपछि पनि नेपालको संसदीय इतिहास सहज रूपमा खोज्न र अध्ययन गर्न सकिनेछ । अब डिजिटल पार्लियामेन्टलाई प्रभावकारी बनाउन सबै सम्बन्धित निकाय, कर्मचारी र माननीय सदस्यले अपनत्व लिनुपर्छ ।'
डिजिटल संसद् मञ्चमार्फत संसदीय सूचना, दस्तावेज, बैठक, विधेयक तथा ऐतिहासिक अभिलेखलाई एकीकृत रूपमा व्यवस्थापन गरिनेछ। पुराना संसदीय अभिलेखलाई समेत विद्युतीय स्वरूपमा सुरक्षित गर्ने लक्ष्य रहेको सभामुख अर्यालले बताए ।
कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले डिजिटल प्रणालीले संसदीय कामलाई छिटो, सुरक्षित, पारदर्शी र प्रभावकारी बनाउन सहयोग गर्ने बताए ।
सचिवालयका अनुसार प्रणालीमा सांसदको विवरण, विद्युतीय हाजिरी, बैठक तथा कार्यसूची, विधेयकको प्रगति, संसदीय अभिलेख र नागरिकका लागि सार्वजनिक सूचना पहुँचलगायत सुविधा समेटिनेछन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
राष्ट्रपति पौडेलबाट नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
-
राष्ट्रपति समक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेश
-
आमालाई ६ महिना र बुबालाई ४२ दिन प्रसूति स्याहार बिदाको प्रस्ताव
-
प्रविधिमैत्री संसद्का लागि सबैको अपनत्व आवश्यक- सभामुख अर्याल
-
भोटेकोशी बाढीपीडितलाई विद्युत् महसुलमा राहत
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।