प्रविधिमैत्री संसद्का लागि सबैको अपनत्व आवश्यक- सभामुख अर्याल
३१ भाद्र, २०८३, बुधवार
- डिजिटल संसद् मञ्चमार्फत संसदीय सूचना, दस्तावेज, बैठक, विधेयक तथा ऐतिहासिक अभिलेखलाई एकीकृत रूपमा व्यवस्थापन गरिनेछ। पुराना संसदीय अभिलेखलाई समेत विद्युतीय स्वरूपमा सुरक्षित गर्ने लक्ष्य रहेको सभामुख अर्यालले बताए ।
काठमाडौँ: सभामुख डोलप्रसाद अर्यालले संसद्लाई प्रविधिमैत्री बनाउनु आजको आवश्यकता भएको बताएका छन् । सङ्घीय संसद् सचिवालयले सुरु गरेको ‘डिजिटल संसद् मञ्च’को परीक्षण सञ्चालन उद्घाटन गर्दै उनले प्रणालीलाई प्रभावकारी बनाउन सबै सम्बन्धित पक्षले अपनत्व लिनुपर्ने बताए ।
उनले भने-'यो हाम्रो चाहना मात्र होइन, आजको आवश्यकता हो । विश्व तीव्र गतिमा प्रविधिको युगमा प्रवेश गरिरहेको छ । अब हामी थप ढिला गर्नुहुँदैन । यसबाट सयौँ वर्षपछि पनि नेपालको संसदीय इतिहास सहज रूपमा खोज्न र अध्ययन गर्न सकिनेछ । अब डिजिटल पार्लियामेन्टलाई प्रभावकारी बनाउन सबै सम्बन्धित निकाय, कर्मचारी र माननीय सदस्यले अपनत्व लिनुपर्छ ।'
डिजिटल संसद् मञ्चमार्फत संसदीय सूचना, दस्तावेज, बैठक, विधेयक तथा ऐतिहासिक अभिलेखलाई एकीकृत रूपमा व्यवस्थापन गरिनेछ। पुराना संसदीय अभिलेखलाई समेत विद्युतीय स्वरूपमा सुरक्षित गर्ने लक्ष्य रहेको सभामुख अर्यालले बताए ।
कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले डिजिटल प्रणालीले संसदीय कामलाई छिटो, सुरक्षित, पारदर्शी र प्रभावकारी बनाउन सहयोग गर्ने बताए ।
सचिवालयका अनुसार प्रणालीमा सांसदको विवरण, विद्युतीय हाजिरी, बैठक तथा कार्यसूची, विधेयकको प्रगति, संसदीय अभिलेख र नागरिकका लागि सार्वजनिक सूचना पहुँचलगायत सुविधा समेटिनेछन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
न्यायालयमा देखिएका विकृतिहरू समाधान गर्न संसदबाटै प्रक्रिया अगाडि बढाउने रास्वपाको निर्णय
-
सञ्चारमाध्यममा धरपकड गर्ने कार्य गलत भएको रास्वपाको निष्कर्ष
-
पत्रकार पक्राउ प्रकरणमा सौरभ राज पन्तको टिप्पणी : ‘रुटिन अफ नेपाल बन्द’ पढ्ने पुस्ता र लोकतन्त्रका लागि कलम चलाएको पुस्ताबीच पुस्तान्तरणको द्वन्द्व
-
रवि लामिछानेले बोलाए रास्वपाको सचिवालय बैठक
-
पहिरो र लेदो खसेपछि बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।