नेपाल र बंगलादेशबीच आगामी मार्चमा टी-२० सिरिज हुने

३१ भाद्र, २०८३, बुधवार
सारांश
  • नेपाल क्रिकेट संघ र बंगलादेश क्रिकेट बोर्डको संयुक्त पहलमा हुने सिरिजमार्फत बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवार र प्रभावित समुदायप्रति ऐक्यबद्धता प्रकट गरिने भएको हो ।

काठमाडौं: नेपाल र बंगलादेशबीच आगामी तीन खेलको टी-२० क्रिकेट सिरिज हुने भएको छ । आगामी मार्चमा हुने यो सिरिज हालै नेपालमा आएको विनाशकारी बाढी विपद्का क्रममा ज्यान गुमाउनेहरूप्रति समर्पित गरिने भएको छ ।

 

नेपाल क्रिकेट संघ र बंगलादेश क्रिकेट बोर्डको संयुक्त पहलमा हुने सिरिजमार्फत बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवार र प्रभावित समुदायप्रति ऐक्यबद्धता प्रकट गरिने भएको हो ।

 

सिरिजका तीनै खेल कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछन् । पहिलो खेल २६ मार्च २०२७, दोस्रो खेल २८ मार्च र तेस्रो खेल ३० मार्च २०२७ मा हुनेछ ।

 

नेपाल र बंगलादेशबीचको क्रिकेट सम्बन्धलाई थप विस्तार गर्दै बंगलादेशले नेपालको महिला क्रिकेट, उमेर समूहका खेलाडीको विकास तथा क्षमता अभिवृद्धिमा सहयोग गर्ने भएको छ। साथै, नेपाल ‘ए’ टोलीको भ्रमण र द्विपक्षीय ‘ए’ टोलीका कार्यक्रममार्फत खेलाडी विकास तथा प्रतिस्पर्धात्मक अनुभव बढाउन पनि सहकार्य गरिने जनाइएको छ ।

 

नेपाल क्रिकेट संघ र बंगलादेश क्रिकेट बोर्डले क्रिकेटमार्फत दुःखको यस घडीमा दुई देशबीचको मित्रता, सहानुभूति र ऐक्यबद्धताको सन्देश प्रवाह गर्ने बताएका छन्।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?

ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।

थप समाचार