चलचित्र क्षेत्रको विकासमा सहयोग गर्न सरकार तयार- सञ्चारमन्त्री तिमिल्सिना

३१ भाद्र, २०८३, बुधवार
सारांश
  • सरकारले चालु आर्थिक वर्ष चलचित्र क्षेत्रका लागि ३ करोड ५० लाख रुपैयाँ अनुदान छुट्याएको छ। चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने कार्यविधि अन्तिम चरणमा रहेको मन्त्री तिमिल्सिनाले जानकारी दिए ।

काठमाडौँ: सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली चलचित्र क्षेत्रको विकास, संरक्षण र प्रवर्द्धनका लागि सरकार आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन् ।

 

अस्करको ९९औँ संस्करणका लागि नेपालको प्रतिनिधित्व गरिरहेको चलचित्र ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’को टोलीसँगको भेटमा उनले कला, संस्कृति र राष्ट्रिय महत्वका विषयमा आधारित चलचित्रलाई सरकारले प्रोत्साहन गर्ने बताए ।

 

सरकारले चालु आर्थिक वर्ष चलचित्र क्षेत्रका लागि ३ करोड ५० लाख रुपैयाँ अनुदान छुट्याएको छ। चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने कार्यविधि अन्तिम चरणमा रहेको मन्त्री तिमिल्सिनाले जानकारी दिए ।

 

उनले चलचित्र विधेयकमार्फत आवश्यक नीतिगत तथा संरचनागत सुधार अघि बढाउने तयारी भइरहेको पनि बताए। अविनाशविक्रम शाह निर्देशित ‘तिनीहरू–एलिफेन्ट्स इन द फगतिनीहरू’ यसअघि कान्स चलचित्र महोत्सवमा समेत पुरस्कृत भएको थियो ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार