जनकपुरधामदेखि अयोध्यासम्म हवाई सेवा सुरु हुनुपर्छ : मुख्यमन्त्री सरोज कुमार यादव

८ मार्ग, २०८३
सारांश
  • भारतीय सवारीसाधनलाई नेपाल भित्रिँदा धेरै समस्या हुने गरेको देखिएको उनले सुनाए । मुख्यमन्त्री यादवले केही वर्ष अघि गृहमन्त्री रवि लामिछाने जनकपुरधाम आएका बेला आफूले यस कुराको जानकारीसमेत गराएको बताए ।

जनकपुर: मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले जनकपुरधामदेखि भारतको अयोध्यासम्म हवाई सेवा सुरु हुनु पर्नेमा जोड दिएका छन् ।

 

अयोध्याबाट जनकपुरधाम आईपुगेको सरयू कमला रेलका यात्रुहरुका निम्ति राखिएको स्वागत समारोहमा बोल्दै मुख्यमन्त्री यादवले दुबै देशका प्रधानमन्त्रीलाई जनकपुरधामदेखि अयोध्यासम्म हवाई सेवा सुचारु गर्न आग्रह गरे ।

 

उनले वर्षौ देखिको सपना आज साकार भएको बताए । सीमानाकाबाट आउने तीर्थालु भक्तजनहरुको सहजताका निम्ति २४ घण्टासम्म सवारीसाधनमा भन्सार निःशूल्क गर्नुपर्ने मुख्यमन्त्री यादवको भनाई छ ।

 

भारतीय सवारीसाधनलाई नेपाल भित्रिँदा धेरै समस्या हुने गरेको देखिएको उनले सुनाए । मुख्यमन्त्री यादवले केही वर्ष अघि गृहमन्त्री रवि लामिछाने जनकपुरधाम आएका बेला आफूले यस कुराको जानकारीसमेत गराएको बताए ।

 

मुख्यमन्त्री यादवले छोटी भन्सारलगायतका समस्याहरु यथावत रहेकोले यसलाई सामाधान गर्न सुझाव दिए । आज भारतबाट नेपाल र नेपालबाट भारत आवतजावत गर्न असहज हुने गरेका कारण छेका, विवाह, व्रतवन्ध जस्ता कार्यक्रमहरु पनि कम हुन लागेको मुख्यमन्त्री यादवले बताए । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार