वैदेशिक रोजगारीमा विभिन्न देश पठाउने भन्दै ठगी गर्ने दुई जना पक्राउ

८ मार्ग, २०८३
सारांश
  • प्रहरीका अनुसार माल्भिकाले अस्ट्रेलिया पठाइदिने भन्दै एक पीडितबाट ८ लाख ५० हजार रुपैयाँ र सन्तोषले लिथुआनिया पठाइदिने भन्दै अर्का एक पीडितबाट एक लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए ।

काठमाडौं: आकर्षक तलबको प्रलोभन देखाएर वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा पाल्पाको तानसेन नगरपालिका–५ घर भई काठमाडौं महानगरपालिका–१४ बस्ने २६ वर्षीया माल्भिका रावल र ललितपुर महानगरपालिका–२४ बस्ने ४२ वर्षीय सन्तोष खड्का रहेका छन् ।

 

प्रहरीका अनुसार माल्भिकाले अस्ट्रेलिया पठाइदिने भन्दै एक पीडितबाट ८ लाख ५० हजार रुपैयाँ र सन्तोषले लिथुआनिया पठाइदिने भन्दै अर्का एक पीडितबाट एक लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए ।

 

पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार