सुनकोसी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द भए मधेस आन्दोलित हुन्छ : सांसद झा
८ मार्ग, २०८३
- सार्वजनिक लेखा समितिको बैठकमा सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण कार्यमा भएको ढिलाइ र ठेक्का रद्द गरिएको विषयमा भएको छलफलका सन्दर्भमा सांसद झाले उक्त माग गरेका हुन् ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले आयोजना अलपत्र पार्ने नभई निर्धारित योजनाअनुसार सम्पन्न गर्न सरकारसँग स्पष्ट कार्ययोजना माग गरेका छन् । उनले भने,‘ यो आयोजना रद्द भयो भने मधेस आन्दोलित हुनेबाहेक अर्को कुनै विकल्प हुँदैन ।’
सार्वजनिक लेखा समितिको बैठकमा सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण कार्यमा भएको ढिलाइ र ठेक्का रद्द गरिएको विषयमा भएको छलफलका सन्दर्भमा सांसद झाले उक्त माग गरेका हुन् ।
सांसद झाले सुनकोसी–मरिण डाइभर्सन मधेसका पाँच जिल्लाको कृषि तथा सिँचाइसँग प्रत्यक्ष जोडिएको महत्त्वपूर्ण आयोजना भएको उल्लेख गर्दै यसको निर्माणमा भइरहेको ढिलाइप्रति चासो व्यक्त गरे । उनका अनुसार आयोजनाअन्तर्गत निर्माण गरिएको १३.३ किलोमिटर लामो सुरुङको ब्रेकथ्रु सन् २०२४ मे महिनामै भइसकेको भए पनि बाँधलगायतका संरचना निर्माणको काम अघि बढ्न सकेको छैन ।
उनले आयोजना निर्माणमा ढिलाइ हुनुको कारण, यसबाट भएको आर्थिक तथा कृषि क्षेत्रको सम्भावित क्षति र आगामी दिनमा आयोजना अघि बढाउने सरकारको योजनाबारे स्पष्ट जवाफ माग गरे ।
उनले भने, ‘यो प्रोजेक्ट रोकिँदा तराईका खेतमा पानी नपुगेर कति अवसर गुम्यो ? कतिवटा सिजनमा खेतले पानी पाएनन् ? कतिवटा खेती सिँचाइबिनै भए ? त्यो क्षतिको हिसाब कसले गर्ने ? एक लाख ८० हजार बिघामा पानी पुगेको भए कति खेती हुन्थ्यो ? उत्पादन कति हुन्थ्यो ? आयोजना रोकिएर अघि नबढ्नुको कारण के हो, के बदमासी देखियो र आगामी दिनमा यसलाई कसरी अघि बढाउने भन्ने तीनवटा कुरामा थप स्पष्टता चाहिएको छ । मधेससँग देखाउनलाई न हिमाल छ, न हामीसँग जलविद्युत् उत्पादन गर्ने स्रोत छ ।’
झाले आयोजना समयमै सम्पन्न हुन नसक्दा सिँचाइको अभावमा किसानले गुमाएको अवसर र उत्पादनको हिसाब सरकारले गर्नुपर्ने बताए । एक लाख ८० हजार बिघा जमिनमा सिँचाइ सुविधा पुगेको भए हुने कृषि उत्पादन र त्यसबाट प्राप्त हुने आर्थिक लाभको समेत मूल्यांकन हुनुपर्ने उनको भनाइ थियो ।
यसैबीच, सार्वजनिक लेखा समितिले सुनकोसी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गरिएको विषयमा सात दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियासहितका अधिकारीसँग छलफल गरेपछि समितिले यस्तो निर्देशन दिएको हो ।
आयोजनाको ठेक्का रद्द गरिएको विषयमा समितिमा उजुरी परेको थियो । बोलपत्र प्रक्रियाका सबै चरण पूरा भई आर्थिक प्रस्ताव खोल्ने अवस्थामा पुगेपछि अन्तिम समयमा ठेक्का रद्द गरिएको उजुरीमा उल्लेख छ । ठेक्का रद्द गर्दा राज्यलाई आर्थिक क्षति पुग्नुका साथै आयोजना निर्माणमा थप ढिलाइ हुने दाबी उजुरीकर्ताले गरेका छन् ।
बैठकमा नेपाल विद्युत् प्राधिकरणको डिजिटल सञ्चार सञ्जाल तथा स्काडा प्रणाली विस्तारसम्बन्धमा समितिमा प्राप्त उजुरीमाथि पनि छलफल भएको थियो । यस विषयमा प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठसँग समेत छलफल गरिएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
घरजग्गा बजारको संकटपछि सेयरमा बचत आकर्षित गर्ने चीनको प्रयास असफल, लगानीकर्ताको विश्वास कमजोर
-
जनकपुरधामदेखि अयोध्यासम्म हवाई सेवा सुरु हुनुपर्छ : मुख्यमन्त्री सरोज कुमार यादव
-
सुनकोसी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द भए मधेस आन्दोलित हुन्छ : सांसद झा
-
स्वर्णिम र शिशिरसँगको फोटो शेयर गर्दै प्रधानमन्त्री शाहले भने- निकै मिहिनेती मान्छेहरू !
-
वैदेशिक रोजगारीमा विभिन्न देश पठाउने भन्दै ठगी गर्ने दुई जना पक्राउ
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।