२४ घण्टामा देशभर सवारी दुर्घटनामा १७ को मृत्यु, २१५ जना घाइते

४ मार्ग, २०८३
सारांश
  • नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा लुम्बिनी प्रदेशमा ६ जनाको मृत्यु भएको छ भने मधेश र बागमती प्रदेशमा ५-५ जनाको मृत्यु भएको छ । त्यस्तै कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ ।

काठमाडौँ : पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा १५ जनाको मृत्यु भएको छ भने २१५ जना घाइते भएका छन् ।

 

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा लुम्बिनी प्रदेशमा ६ जनाको मृत्यु भएको छ भने मधेश र बागमती प्रदेशमा ५-५ जनाको मृत्यु भएको छ । त्यस्तै कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ ।   

 

त्यस्तै देशभर भएका दुर्घटनामा २१५ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ४८ जना घाइते भएका छन् भने कोशीमा ३० जना, काठमाडौँ उपत्यकामा १९ जना, सुदूरपश्चिममा १५ जना, बागमतीमा २५ जना घाइते भएका छन् भने लुम्बिनीमा ५७ जना, कर्णालीमा १५ जना र गण्डकीमा ६ जना घाइते भएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार